अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले ग्राहकलाई आकर्षित गरेको छ । कारमा हुने एयर प्युरिफायर, ३६० डिग्री क्यामेरा, पावर सिट र वायरलेस चार्जर जस्ता केही विशेष सुविधाले कार एडभान्स बनाएको छ ।

तर, पछिल्लो समय कारमा केही यस्ता फिचर पनि देख्न थालेको छ जुन खासै उपयोगी हुँदैन र यस्ता फिचर भएका भेरिएन्ट किन्न ग्राहकले धेरै पैसा खर्च गर्ने गरेको छ । आफ्नो पैसा जोगाउनका लागि कारमा हुने अनावश्यक फिचरको बारेमा सबैलाई जान्नु जरुरी छ ।

सनरुफ
आजकल सनरुफको चलन तीव्र गतिमा बढिरहेको छ तर नेपालजस्तो मुलुकमा यसको व्यावहारिक प्रयोग सीमित छ । युरोप जस्ता चिसो देशमा मानिसहरू घामको आनन्द लिन सनरुफ प्रयोग गर्छन्। जसका कारण त्यहाँ धेरैजसो सवारी साधनमा सनरुफ लगाएको हुन्छ । तर, नेपालका अधिकांश मानिसहरू घाम र धुलोका कारण यसलाई खुला राख्दैनन् । यसबाहेक, यहाँ प्राय: गलत तरिकाले प्रयोग गरिन्छ, जुन सुरक्षाको लागि हानिकारक हुन सक्छ ।

भ्वाइस कमाण्ड
ड्राइभिङलाई सहज बनाउन कारमा भ्वाइस कमाण्ड सुविधा थपिएको छ, जसको माध्यमबाट चालकले हात प्रयोग नगरी नेभिगेसन, कलिङ वा संगीत नियन्त्रण गर्न सकिन्छ । यद्यपि, यो सुविधा सधैँ प्रभावकारी रूपमा काम गर्दैन । धेरै पटक भ्वाईस कमाण्डले अर्डरको गलत व्याख्या गर्छ र म्यानुअल रूपमा काम गर्न बाध्य पारेको हुन्छ ।

रेन सेन्सिङ वाइपर

रेन सेन्सिङ वाइपर जसले अटोमेटिक रूपमा वर्षा कहिले हुन्छ भनेर पत्ता लगाउँछ र विन्डशील्ड सफा गर्छ । यद्यपि यो सुविधा अनिवार्य छैन, किनकि यसलाई सजिलै म्यानुअल रूपमा नियन्त्रण गर्न सकिन्छ ।

जेस्चर कन्ट्रोल
जेस्चर कन्ट्रोलले कुनै पनि बटन नछोइकन हातको इशाराले कारका केही फंक्शन नियन्त्रण गर्न सकिन्छ । यसको उद्देश्य चालकको ध्यान सडकबाट हट्नबाट रोक्नु हो । यद्यपि, कहिलेकाहीँ यो सुविधा उल्टो हुन्छ किनभने इशाराले चालकलाई विचलित गर्न सक्छ ।

अटोमेटिक हेडलाइट

अटोमेटिक हेडलाइट अँध्यारो हुँदा अटोमेटिक रूपमा सक्रिय हुन्छ । यो राम्रो फिचर भए तापनि म्यानुअल रूपमा हेडलाइटहरू अन/अफ गर्न गाह्रो काम होइन र यसबाट पैसा बचत गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अटोमेटिक कार चलाउँदा हुने सामान्य गल्ती, जसले बढाउन सक्छ मर्मत खर्च र जोखिम

अटोमेटिक कार चलाउँदा हुने सामान्य गल्ती, जसले बढाउन सक्छ मर्मत खर्च र जोखिम

अटोमेटिक गाडीमा क्लच प्याडल नहुने र पटक–पटक गियर परिवर्तन गर्न नपर्ने...

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

चल्दाचल्दै ट्रक चार्ज हुने वायरलेस प्रविधि

अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता...

ट्रायम्फले ल्यायो स्पिड ट्रिपल १२०० आरएक्स, यस्तो छ मूल्य र बिशेषता

ट्रायम्फले ल्यायो स्पिड ट्रिपल १२०० आरएक्स, यस्तो छ मूल्य र बिशेषता

ट्रायम्फ मोटरसाइकलले भारतमा आफ्नो नयाँ स्पिड ट्रिपल १२०० आरएक्स लिमिटेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...