चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि

वीरगञ्ज - चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज भन्सारमा  चारपाङ्ग्रे सवारीको आयात घटेको छ । चालु आवको भदौ मसान्तसम्ममा यस नाका हुँदै ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ । आव २०८०/८१ को सोही अवधिमा ४५ करोड ९० लाख ६१ हजार मूल्य पर्ने तीन सय छ वटा जिप, कार र भ्यान आयात भएको थियो । 

आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चार पाङ्ग्रे सवारी सङ्ख्याका आधारमा २४ दशमलव ८४ प्रतिशतले आयात घटेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आर्थिक वर्षको दुई महिना अवधिमा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको बताए ।

'गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र इलेक्ट्रिक सवारीसाधन दुवैको आयात घटेको छ', उनले भने, 'इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज भन्सार नाका भन्दा उत्तरी नाकाबाट धेरै भित्रिएको छ । यो नाका हुँदै सवारीसाधनको समग्र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ ।'

चालु आर्थिक वर्ष २०८१/८२ को भदौ मसान्तसम्ममा रु छ करोड एक लाख ७० हजार मूल्य पर्ने ५४ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका छन् । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १३ करोड २५ लाख ५५ हजार मूल्य पर्ने ५८ वटा इलेक्ट्रिक कार, जिप र भ्यान आयात भएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा छ दशमलव ९० प्रतिशतले आयात घटेको हो ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु छ करोड दुई लाख २६ हजार मूल्यपर्ने २८ वटा ट्रक, मिनीट्रक आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु १६ करोड ८० लाख ८१ हजार मूल्यपर्ने ६८ वटा ट्रक, मिनीट्रक आयात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ट्रक र मिनीट्रकको आयात ५८ दशमलव ८२ प्रतिशतले गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दुई महिनामा आठ करोड दुई लाख ३२ हजार मूल्यपर्ने ३८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु नौ करोड ९३ लाख आठ हजार मूल्य पर्ने ८६ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ५५ दशमलव ८१ प्रतिशतले आयात घटेको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा १७ करोड २४ लाख चार हजार मूल्यपर्ने ७६ वटा मिनिबस र माइक्रोबस आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु सात करोड १९ लाख ९१ हजार मूल्य पर्ने ३४ वटा मिनीबस र माइक्रोबस आयात भएको थियो । चालु आर्थिक वर्षको दुई महिनामा गत आर्थिक वर्षको तुलनामा मिनिबस र माइक्रोबसको आयात एक २३ दशमलव ५३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटे पनि दुईपाङ्ग्रे सवारीसाधनको आयात दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा वीरगञ्ज भन्सार हुँदै दुई अर्ब सात करोड ८४ लाख २२ हजार मूल्यपर्ने १६ हजार तीन सय ८४ वटा मोटरसाइकल आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब १३ करोड ५४ लाख ६४ हजार मूल्यपर्ने नौ हजार दुई सय ६४ वटा मोटरसाइकल आयात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा मोटरसाइकलको आयात ७६ दशमलव ८६ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

मोटरसाइकल र स्कुटरको बिक्रीले गति लिँदै, ५० प्रतिशतले बढ्यो आयात

काठमाडौं–कोभिडपछि खस्कदै गएको मोटरसाइकल र स्कुटरको बजारले गति लिन थालेको...

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

हाम्रै नेपालमा : पेट्रोल भरेर मोटरसाइकल स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा आगो दन्किएपछि…

गुल्मीमा पेट्रोल भरेर स्टार्ट गर्न खोज्दा मोटरसाइकलमा अचानक आगलागी भएको...

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ । मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...