सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटरमा आयो दशैं अफर : नगद छुट, हेल्मेट र एक्सचेन्ज सुविधा

काठमाडौं – चाडपर्वको मौसमलाई मध्यनजर गर्दै ग्यारो डीटी–६० इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट अफर उपलब्ध भएको छ । नेपालका लागि ग्यारो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्टले ल्याएको सो अफर अनुसार हाल ३ लाख ८० हजार मूल्य तोकिएको ग्यारो स्कुटर अब ३ लाख ६५ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

ग्यारो स्कुटरमा उपलब्ध सो दशैं अफर अन्तर्गत थप सुविधाहरु समेत उपलब्ध हुनेछ । यसका लागि सहज फाइनान्स सुविधा समेत उपलब्ध हुनेछ । यस अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ ग्यारो स्कुटर साट्न सक्ने छन् । यो अवस्थामा पुरानो सवारी साधनको आकर्षक मूल्यांकन गरिने छ ।

यसका साथै यो समयमा ग्यारो स्कुटर किन्ने ग्राहकले आकर्षक हेल्मेट समेत निःशुल्क प्राप्त गर्नेछन् ।

ग्यारो स्कुटर किन्न चाहने ग्राहकका लागि कम्पनीले सहज फाइनान्स सुविधा समेत उपलब्ध गराउने छ । शुरुमा स्कुटरको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई ६.९९ प्रतिशत ब्याजदरमा ३६ महिना सम्म मासिक किस्ताबन्दीमा बाँकी रकम भुक्तानी गर्ने सुविधा उपलब्ध हुनेछ ।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये ग्यारो स्कुटर सबैभन्दा बढी रेन्ज दिने इलेक्ट्रिक स्कुटर हो । यसले सिंगल चार्जमा ३५० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।

काठमाडौं उपत्यकामा महाराजगञ्ज र टेकु तथा उपत्यका वाहिर पोखरा, धरान, बाग्लुङ, धनगढी र बुटवलमा ग्यारो इलेक्ट्रिक स्कुटरका डिलर रहेका छन् ।

सम्बन्धित समाचारहरू

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कारमा पाइने एडीएएस सिस्टम के हो ? यसले दुर्घटनाबाट बच्न कसरी मद्दत गर्छ ?

कार निर्माता कम्पनीहरुले लगातार आफ्ना कारमा विभिन्न अत्याधुनिक फिचर...

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...