दुई महिनामै १० लाख गाडी उत्पादन, बीवाईडीले पार ग-यो ९० लाख गाडी उत्पादनको माइलस्टोन

बीवाईडीले ९० लाखौ गाडी प्रोडक्सन लाइनमा रोल्ड अफ गरेको छ । बीवाईडीको सेन्सेन प्लान्टमा याङवाङ यु९ गाडी सार्वजनिक गर्दै बीवाईडीले सो जानकारी सार्वजनिक गरेको हो ।

न्यु इनर्जी भेइकलको रुपमा ८० लाखौं गाडी सार्वजनिक गरेको दुई महिनामै बीवाईडीले यो अर्को माइलस्टोन हासिल गरेको हो । यसले न्यु इनर्जी सेक्टरमा बीवाईडीले हासिल गरेको तीव्रतालाई संकेत गर्छ ।

यो भन्दा पहिले गत असार महिनाको अन्त्यमा थाइल्यान्डको प्लान्टबाट बीवाईडीले ८० लाखौं सवारी साधनको रुपमा बीवाईडी डल्फिन ईभी सार्वजनिक गरेको थियो ।

सन् २००८ देखि सवारी उत्पादन थालेको बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादनको माइलस्टोन हासिल गरेको थियो । त्यसपछि तीन वर्षकै अवधिमा ८० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ ।

बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ ।

बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पु-याएको थियो । त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पु-याउन सफल भएको थियो । लगभग तीन महिनाकै अवधिमा ८० लाख पु-याएको थियो ।

२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख, २०२३ नोभेम्बरमा ६० लाख र २०२४ मार्चमा ७० लाख सवारी साधन उत्पादन भएको थियो ।

न्यु इनर्जी भेइकलमा ग्लोबल लिडर बन्दै गरेको बीवाईडीले अन्तर्राष्ट्रिय बजार समेत विस्तार गर्दै गएको छ । सन् २०२३ मा ३३७ प्रतिशत वृद्धि गर्दै बीवाईडीले २ लाख ४३ हजार गाडी निर्यात गरेको थियो ।

हाल बीवाईडीका न्यु इनर्जी भेइकल विश्वका ८८ देशमा बिक्री हुन्छन् । थाइल्यान्ड, ब्राजिल, हंगेरी र उज्वेकिस्तानमा बीवाईडीका प्यासेन्जर कार प्रोडक्सन बेस रहेका छन् ।

सम्बन्धित समाचारहरू

फेरारीले सार्वजनिक ग-यो कम्पनीको पहिलो विद्युतीय कार

फेरारीले सार्वजनिक ग-यो कम्पनीको पहिलो विद्युतीय कार

इटालियन लक्जरी स्पोट्र्स कार निर्माता कम्पनी फेरारीले कम्पनीको पहिलो...

नयाँ दिपल ई०७ अब नेपाली जंगल र पहाडका लागि तयार

नयाँ दिपल ई०७ अब नेपाली जंगल र पहाडका लागि तयार

दिपल ई०७ ले गत वर्ष नेपालमा सार्वजनिक भएपछि आफ्नो ट्रान्सफर्मेसन क्षमताका...

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

काठमाडौं – नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...