कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
काठमाडौं- राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ। कम्पनीले सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सव अवसरमा ग्राहक सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधीकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यातले ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा थप गरिएको जानकारी दिए।
हाल सेयर राइडका साथै फुड र पार्सल डेलिभरीको सेवा उपलब्ध भए पनि अब सोही एपबाट ग्राहकले नयाँ थप तीन सेवा पनि पाउने उनको भनाइ छ। थप गरिएका सेवा हाललाई काठमाडौं उपत्यकामा मात्र उपलब्ध हुनेछन्।
कम्पनीले राइड सेयरिङ, फूड डेलिभरी र पार्सल डेलिभरीलाई डिजिटलाइज गरेसकेकाले अब ‘पठाओ किराना’, ‘पठाओ खाजा घर’ र ‘पठाओ गेम्स’ सेवा सुरुआत गर्न लागिएको जनाएको छ। कम्पनीका अनुसार पठाओ किरानाअन्तर्गत स्थानीय किराना पसलका सामान पठाओ एपबाटै सहजै खरिद गर्न सकिनेछ। पठाओ खाजाघरमार्फत स्थानीय खाना पसलका खाजा अनलाइनबाटै अर्डर गर्न सकिनेछ।
बिक्रेता पठाओ किराना र पठाओ खाजाघरमा आबद्ध हुन अनिवार्य प्यानमा दर्ता भएको हुनुपर्नेछ। बिक्रेताका लागि पठाओमा आबद्ध भएको पहिलो ६ महिनासम्म सेवा निःशुल्क उपलब्ध हुनेछ।
पठाओ किराना र पठाओ खाजाघर सुरु साधारण रुपमा सञ्चालन भए पनि एक वर्षभित्र पूर्ण रुपमा डिजिटल प्रविधिमा आधारित बनाइने कम्पनीले जनाएको छ। हाल पठाओले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत असोज १४ सम्म नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी गरिरहेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...