हायर पर्चेज कम्पनी ‘हुलास फिनसर्भ’ ले आईपिओ जारी गर्ने

काठमाडौं – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत २० लाख ७५ हजार साधारण शेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त साधारण शेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

२०८१ असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरेक हुन् ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका अध्यक्ष शेखर गोल्छाले जानकारी गराए ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर–बैंकिङ्ग वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरुलाई उत्कृष्ट हायर पर्चेज सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

अटाे लाेन : ९ बैंकले बढाउँदा ११ बैंकले घटाए, कुनले कति ?

अटाे लाेन : ९ बैंकले बढाउँदा ११ बैंकले घटाए, कुनले कति ?

काठमाडौं – पछिल्लो समय  आर्थिक शिथिलताका बिच समेत अटो लोनको व्यावसायिक...

अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने

अटो लोनको जोखिम भार घट्ने, सवारी साधनको बिक्रीमा सुधार आउने

नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षदेखी अटो लोनमा जाने कर्जाको जोखिम...

प्रभु बैंकले दियो पशुपतिको फोहोर उठाउन १७ लाखको गाडी

प्रभु बैंकले दियो पशुपतिको फोहोर उठाउन १७ लाखको गाडी

काठमाडाैँ-प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...