नेटा, केवाइसी र किङ्गलङ्ग ईभीका ग्राहकहरुको लागि सर्भिस क्याम्प आयोजना

काठमाडाैं - नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले सर्भिस क्याम्पको आयोजना गरेको छ ।

ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि आश्विन ०६ गते बाट आश्विन ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको हाे ।

इच्छुक ग्राहकहरुले बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म चारदोबाटो, भक्तपुर स्थित फ्युचर मोटर्सको प्राङ्गणबाट उक्त सेवा लिन सक्नेछन्। उक्त निशुल्क सर्भिस क्याम्पमा ग्राहकहरुले स्पेयर पार्ट्समा १२ प्रतिशत छुट, गियर आयलमा १२ प्रतिशत छुट र वाशिङ्गमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

साथै सीजी मोटर्सले नेपालभर सेवा र स्पेयर पार्ट्सको क्षेत्रमा आक्रमक विस्तार गरेको छ। सीजी मोटर्सले बिर्तामोड, इटहरी, लहान, जनकपुर, सिन्धुली, बीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायत काठमाडौँको हात्तीवन सहित १७ सेवा केन्द्रहरू स्थापना गरेर, सवारीसाधनहरूलाई उच्च गुणस्तरीय सेवा र पार्ट्स उपलब्ध गर्दै आएको छ ।

सीजी मोटर्सले बिक्रीपछि सर्भिस सेवामा सुरुवात समयदेखि नै उच्च व्यवस्थापन गर्दै आइरहेको छ । यसले ग्राहकहरूलाई उत्कृष्ट सेवा र पार्ट्स प्रदान गरेर उनीहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ। सीजी मोटर्सको उत्कृष्ट सेवा र समर्थनले नेपाली यातायात क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको बताएको छ ।

सम्बन्धित समाचारहरू

राज्यमन्त्री श्रेष्ठको रोजाईमा प-यो बीवाईडी अल न्यु ई६ इलेक्ट्रिक कार

राज्यमन्त्री श्रेष्ठको रोजाईमा प-यो बीवाईडी अल न्यु ई६ इलेक्ट्रिक कार

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री...

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

बीवाईडी सिलायन ७ बन्यो अष्ट्रेलियाको बेस्ट–सेलिङ ईभी, जर्मनीमा पछि प-यो टेस्ला

अप्रिल महिनामा बीवाईडीले जर्मनीमा १ हजार ५६६ युनिट गाडी बिक्री गरेको छ । यो...

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

सीजी मोटर्सले ल्यायो प्रि–अटो शो अफर, एक्सपेङ ईभी किन्दा ८ लाख बचत र अन्य धेरै सुविधा

काठमाडौं – नेपालमा एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले प्रि–अटो शो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...