ट्रायम्फको ४०० सीसी बाइक स्पिड टी४ भारतमा लन्च

ट्रायम्फ मोटर्स इन्डियाले आफ्नो तेस्रो ४०० सीसी इलेक्ट्रिक बाइक स्पिड टी४ लन्च गरेको छ । नयाँ ट्रायम्फ बाइक स्पिड ४०० मा आधारित छ । नयाँ स्पिड ४०० हालको मोडलको तुलनामा करिब १५ हजार महँगो छ । सो बाइक ३ रङमा उपलब्ध छ र यसमा विभिन्न बडी ग्राफिक्स फिचर रहेको छ ।

ट्रायम्फ स्पिड टी४ मा अपसाइड डाउन फ्रन्ट फोर्क समावेश गरिएको छैन । कम्पनीले टी४ मा ३५०० आरपीएम र ५५०० आरपीएम बीचको उच्च टर्कमा चल्ने इन्जिनको साथमा विभिन्न विशेषता प्रदान गर्ने बताएको छ ।

नयाँ ट्रायम्फमा कम आरपीएममा पनि स्थिरता प्रदान गर्न स्पिड ४०० को तुलनामा ३० प्रतिशतले इन्जिन क्षमता बढाएको छ । ट्रायम्फले सो बाइकलाई १०० किलोमिटर प्रतिघण्टाको गतिमा सहज रूपमा गति दिन मद्दत गर्ने बताएको छ । यसमा म्यानुअल थ्रोटल बडी कन्ट्रोल, स्लिपर र असिस्ट क्लच र अगाडि ४३ एमएम टेलिस्कोपिक फोर्क रहेको छ।

यसमा स्ट्यानडर्ड रूपमा ड्युअल च्यानल एबीएस सिस्टम दिइएको छ साथै यूएसबी चार्जिङ पोर्ट र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । बाइकका अल-एलइडी लाइटिङ, १७ इन्च अलोय ह्विल, सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ४३ एमएम टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक अब्जर्बर दिइएको छ । ब्रेकिङको लागि यसमा ड्युअल च्यानल एबीएससहित ३०० एमएम फ्रन्ट र २३० एमएम रियर डिस्क ब्रेक रहेको छ।

ट्रायम्फ स्पिड टी४ मा ३९८ सीसी सिंगल-सिलिन्डर लिक्विड-कूल्ड इन्जिन जडान गरिएको छ, जसले ७००० आरपीएममा ३१ पीएस पावर र ५००० आरपीएममा ३६ एनएम टर्क जेनेरेट गर्छ ।

सो बाइकले रोयल इन्फिल्‍ड क्लासिक ३५०, रोयल इन्फिल्‍ड गुरिल्ला ४५०, जावा ४२ एफजे ३५०, येज्दी रोडस्टर, होन्डा सीबी३५०आरएस, हार्ले डेभिडसन एक्स ४४० र ३५०-५०० सीसी सेगमेन्टका बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

ट्रायम्फ नेपालद्वारा स्क्र्याम्बलर ४०० एक्सको नयाँ कलर भेरिएन्ट पर्ल ह्वाइट सार्वजनिक

काठमाडाै – नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिद्वारा आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...