भारतमा सीएनजी र हाइब्रिड कारको बिक्री बढ्दा ईभीको सुस्त

भारतमा सीएनजी र हाइब्रिड सवारी साधनको बिक्री बढेको छ । जाटो डायनमिकको पछिल्लो तथ्याङ्क अनुसार जनवरी र अगस्ट २०२४ को बीचमा सिएनजी कारको बिक्री ४६ प्रतिशतले बढेको छ । सोही अवधिमा हाइब्रिडको बिक्री १९ प्रतिशतले बढ्दा ईभीको भने ७ प्रतिशतले घट्यो । सोही अवधिमा कुल बिक्री ६ प्रतिशतले बढेर २.८७ मिलियन युनिट पुगेको छ ।

सीएनजीको बिक्रीमा भएको वृद्धिको श्रेय फ्याक्ट्री–फिटेड सीएनजी विकल्पको साथमा थप र धेरै मोडेलहरू उपलब्ध हुनलाई लिइएको छ । यो सामान्य आय भएका कामदार र साना व्यवसायहरू बीच पनि लोकप्रिय छ । लागत कम पर्ने कारण भारतमा पछिल्लो समय सिएनजी मोडलका कारको बिक्री निकै बढेको हो ।

मारुती सुजुकीले अगस्ट २०२४ मा ४८ हजार सीएनजी गाडीहरू बेचेको रिपोर्टमा उल्लेख गरिएको छ । कार निर्माताले स्विफ्ट सीएनजीको सुरुवातसँगै प्रति महिना ५० हजार सीएनजी कारहरू बिक्री गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्षको अन्त्यसम्ममा ६ लाख युनिट पु¥याउने लक्ष्य छ ।

विद्युतीय सवारीमा मात्र ध्यान दिनुको सट्टा भारतमा सरकारले वैकल्पिक इन्धनको प्रवद्र्धन गर्ने फराकिलो रणनीति अपनाएको छ । हाइब्रिड सवारीसाधनको बिक्रीमा भएको वृद्धिमा यो प्रतिबिम्बित भएको हो । उपभोक्ताका लागि धेरै इन्धन प्रविधि विकल्पहरू उपलब्ध भएका कारण ईभीले बजारमा बढ्दो प्रतिस्पर्धाको सामना गर्नुपरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...