पोखरामा ओमोडा ई५ डिलक्स र नेपालकै पहिलो अफरोडर एसयूभी जेको जे६ सार्वजनिक

पोखरा । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले नेपालकै पहिलो अफरोडर एसयूभीका साथै ओमोडा ई५ डिलक्स औपचारिक समारोहबीच सार्वजनिक गरेको छ ।

उद्योगी, व्यवसायी, पोखरास्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीसहित सर्वसाधारणको उपस्थितिमा गाडीमा भएका फ्युचरिस्टिक टेक्नोलोजी प्रदर्शन गरिएको छ । सो अवसरमा जेको जे६ औपचारिक रुपमा सार्वजनिक गरियो भने ओमोडा ई५ को अर्को भेरिएन्ट ओमोडा ई५ डिलक्स समेत सार्वजनिक गरिएको छ ।

प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले दुवै गाडी सार्वजनिक गरेका हुन् । यसबाट स्थानीय बजारमा नवीन प्रविधि विस्तारमा महत्वपूर्ण कोशेढुंगा हासिल गर्ने अवसर समेत ओमोडा र जेकोले प्राप्त गरेका छन् ।

इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भने, ‘हामीले ओमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छौ । ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधाका साथै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउन हामी प्रतिबद्ध छौ । केही महिना भित्रै हामी नयाँ सर्भिस सेन्टर स्थापनाको घोषणा गर्ने क्रममा छौ  र यसबाट पोखराका ग्राहकलाई अत्याधुनिक प्रविधि र नवीन प्रविधिको जानकारी दिने लक्ष्य राखेका छौ । हाम्रो शोरुममा उपस्थित भएर यो फेस्टिभ सिजनमा फ्युचरिस्टिक ईभी ड्राइभ गर्नुका फाइदा वारेमा अध्ययन गर्न समेत पोखरावासीलाई हार्दिक निमन्त्रणा गर्दछु ।’

एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा भन्छन्, ‘हामी नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधनका साथै चार्जिङ स्टेसन र सर्भिस स्टेसन सहित हाम्रो नेटवर्क विस्तार गर्ने कार्यमा प्रतिबद्ध छौं । पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान–स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गरिने छ ।’

नेपालका लागि ओमोडा र जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको पोखराका लागि आधिकारिक वितरकको रुपमा इलाइट मोटर्सले कार्य गरिरहेको छ । इलाइट मोटर्सले बिगत १४ वर्षदेखि पोखरेली ग्राहकलाई मोबिलिटी सोलुसन प्रदान गरिरहेको छ । प्रोडक्ट लन्च इभेन्टमार्फत ओमोडाको अत्याधुनिक विद्युतीय गाडीका साथै जेकोको अद्वितीय अफरोड अनुभव उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

ओमोडा ई५ डिलक्सको मूल्य ५५ लाख ९९ हजार र लक्सको मूल्य ६१ लाख ९९ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ । ओमोडा ई५ नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्रान्ड हो र यसले ४३० किलोमिटरको लामो रेन्ज दिन्छ भने यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर छ ।

जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्टका साथ उपलब्ध छ । यसले ४०० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ भने यसमा १३५ किलोवाट मोटर पावर छ भने १८४ पीएस पावर र २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्छ ।

यसमा ६ एयरब्यागका साथै लिथियम आइरन फस्फेट ब्याट्री छ । यसका साथै यो गाडीमा प्यानोरामिक सनरुफ, १५.६ इन्च सेन्ट्रल कन्ट्रोल सिस्टम, प्रिमियम इन्फिनिटी साउन्ड सिस्टम र फ्रन्ट तथा रियर ड्युअल मोटर रहेको छ ।

गण्डकी क्षेत्रको लागि ओमोडा र जेको अटोमोबाइल्सको आधिकारिक वितरक इलाइट मोटर्स प्रालि रहेको छ ।

सम्बन्धित समाचारहरू

दीपावलीमा एथर इनर्जीको २५० युनिट इलेक्ट्रिक स्कुटर डेलिभरी

दीपावलीमा एथर इनर्जीको २५० युनिट इलेक्ट्रिक स्कुटर डेलिभरी

भारतमा एथर इनर्जीले सोमबार दिपावलीका दिन फ्ल्यागशिप इलेक्ट्रिक स्कुटर...

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले...

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

काठमाडौं – टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन प्रयोग नगर्ने बताएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...