बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाको पहल, सबैको सहयोगको आग्रह

बुटवल । बुटवलको मैनाबगरमा ‘अटो इन्जिनियरिङ कलेज’ स्थापना गर्ने योजना अगाडि बढाएको छ । बुटवल उपमहानगरपालिका र काठमाडौँ विश्वविद्यालयको सहयोगमा बुटवलमा अटो इन्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले जनाएको हो।

बुटवलमा पत्रकार सम्मेलनमा गरेर प्रतिवेदन सार्वजनिक गर्दै एसोसिएसनका अध्यक्ष तुलसीराम न्यौपानेले बुटवलमा सो कलेज स्थापनाका लागि वर्तमान शिक्षा ऐन नै बाधक रहेको बताए । न्यौपानेले बुटवलमा प्राविधिक धारको कलेज आवश्यक रहेको विषयमा बुटवल उपमहानगरपालिकाले पनि पटक पटक आवाज उठाउँदै आएको जिकिर गरे ।

खासगरी एसोसिएसनका अध्यक्ष तुल्सीराम न्यौपानेले बुटवल यातायातको हब र नेपालको मध्य भाग भएको, यहांको मैनाबगर अटो भिलेजमा एक हजार बढी गाडी मर्मत सम्भार गर्ने र पार्टस् विक्रि गर्ने व्यवसाय सञ्चालनमा रहेकाले ‘अटो इन्जिनियरिङ कलेज’ का विद्यार्थीलाई प्राक्टिकलका लागि उपयुक्त थलो भएकाले कलेजको संभावना देखेर पहल थालेका हुन् ।  

कलेजमार्फत शैक्षिक योग्यता सहितको सीपयुक्त जनशक्ति उत्पादन गर्नसके युवा पुस्तालाई अटोमोबाइल्स क्षेत्रमा आकर्षित गर्न र हजारौं जनालाई रोजगारी सिर्जना गर्न सकिने संभावना अध्यक्ष न्यौपानेले देखेका छन् । अध्यक्ष न्यौपानेका अनुसार ५ वर्ष यो क्षेत्रमा काम गरेकाहरुलाई अटो क्षेत्रमा सुरक्षित भविष्य रहेकोले गाडी र सयौंथरि पार्ट्स उत्पादन गर्न सकिने र हजारौंलाई रोजगारी सिर्जना हुने देखेर कलेज आवश्यकता देखिएकोले प्रक्रिया अघि बढाइएको बताए । 

बुटवलमा रहेको अटो भिलेजमा हाल १ हजार भन्दा बढी व्यवसायीहरू रहेको जनाइएको छ । जसमा ८ हजार भन्दा बढी कर्मचारीहरूले रोजगारी पाएको अटो इन्जिनियरिङ एसोसिएसनको तथ्याङ्क छ । 

यसमध्ये करिब २० प्रतिशत मात्रै डिप्लोमा लेभलको कोर्स पूरा गरेका दक्ष जनशक्ति रहेका छन् । अन्य सबै अन्य विषय पढेका वा व्यवहारिक सीप, दक्षता भएका जनशक्तिहरूले काम गर्दै आएको बताइएको छ । 

सम्बन्धित समाचारहरू

तातोपानी नाका आजबाट खुल्ने

तातोपानी नाका आजबाट खुल्ने

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ। चीनसँगको...

अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा पुनः दिपेन्द्र बुढाथोकी, अटोल्याण्ड लगायत विभिन्न प्रतिबद्धता

अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा पुनः दिपेन्द्र बुढाथोकी, अटोल्याण्ड लगायत विभिन्न प्रतिबद्धता

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको ३१औं वार्षिक साधारण सभा तथा...

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

अगस्त १७, १८९६ : कार दुर्घटनामा पैदल यात्री मारिएको पहिलो दिन

सन् १८९६ को अगस्त १७ का दिन दुर्भाग्यवस ब्रिजेट ड्रिस्कोल सडकमा निस्किए र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...