नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
काठमाडौं– नेपाली बजारमा सर्बाधिक सफल मोटरसाइकलका रुपमा परिचित बजाज पल्सरको सबैभन्दा ठूलो इन्जिन जडित मोडल एनएस ४०० जेड अहिले चर्चामा छ । यो नयाँ मोटरसाइकललाई हंसराज हुलासचन्द एण्ड कम्पनीले हालै सम्पन्न नाडा अटो शो २०२४ मा लन्च गरेको हो ।
लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ, जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट मोडल रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश गरिएका छन् । साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ, जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ ।
बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फ्यूल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।
बजाजले यो नयाँ मोटरसाइकलमा डोमिनार ४०० कै इन्जिन राखेको हो । एउटै इन्जिन र लगभग उस्तैउस्तै फिचर भएपनि पल्सर एनएस ४०० जेड डोमिनार ४०० भन्दा ४० हजार रुपैँयाले सस्तो छ । डोमिनार ४०० को मूल्य ६ लाख निर्धारण गरिएकोमा एनएस ४०० जेडलाई भने जम्मा ५ लाख ६० हजार रुपैँयामात्र पर्छ । एउटै इन्जिन र लगभग समान फिचर भएर पनि मूल्यमा भने ४० हजार रुपैयाँ अन्तर भएका कारण अहिले पल्सर एनएस ४०० जेड युवा राइडरमाझ चर्चाको विषय बनिरहेको छ ।
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...