आकर्षक मूल्य र सेग्मेन्ट फस्ट फिचरले ग्राहक तान्दै नामी

अटो शो–२०२४ मा सर्बाधिक चर्चा कमाउन सफल ईभी हो, नामी । अटो शो सुरु हुनुभन्दा केही दिनअघि सार्बजनिक गरिएको यो कार आकर्षक मूल्यका कारण चर्चामा छ । आकर्षक लुक्स, प्रिमियम फिचर र प्रतिस्पर्धी मूल्यका कारण यसलाई धेरैले ह्याचब्याक सेग्मेन्टमा गेम चेन्जर मोडलका रुपमा समेत लिने गरेका छन् ।

यो कार अवलोकन गर्न दर्शक कति आतुर रहेछन् भन्ने कुरा हालै सम्पन्न अटो शोमा दर्शकको भिडले पनि प्रष्ट पार्छ । कार अवलोकन गरेपछि धेरैले ‘नामी : दामी’ भन्दै यसको तारिफ समेत गरेका थिए । ६ दिनसम्म चलेको मेलामा ७ सय भन्दा बढी ग्राहकले यो कार बुकिङ गरेको कम्पनी भनाई छ ।

एमएडब्लु ग्रुपले यसलाई तीन भेरिएन्टमा ल्याएको छ । जसको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । स्टाइल र सफोस्टिकेसनको समीश्रण भएको नामी युनिकमात्र नभई ग्ल्यामरस पनि छ ।

ह्याचब्याक सेग्मेन्टमा राखिएपनि यो कार आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् । ४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएमउचाइतथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक रहेको कम्पनी दावी छ । १७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ । विस्तार गर्न मिल्ने क्याबिन दिइएको यो कार स्पेस र कम्फर्टका हिसावले समेत उत्तम छ ।

लक्जरियस इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किङ, टेबल टपसहितको पेसेन्जर ड्रयर लगायत विशेषता पाउन सकिन्छ ।

साथै, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्स जस्ता फिचरले यसलाई थप प्रिमियम बनाएको छ । यो कार ७ भिन्न कलर अप्सनमा उपलब्ध हुनेछ । साथै इन्टेरियरलाई ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रे कलरमा सजाइएको छ ।

तीनवटा भेरिएन्टमा उपलब्ध यसको ई१ भेरिएन्टलाई २९ लाख ९९ हजार, ई२ लाई ३१ लाख ९९ हजार र ई३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । डुअल टोन अप्सनका लागि भने ५० हजार रुपैयाँ थप गर्नुपर्ने छ ।

यो नयाँ कारको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिटी डबल डी डिजाइन स्टेरिंग ह्विल, १२.८ इन्चको एचडी डिस्प्ले जस्ता फिचर छन् । यसमा प्रयोग भएको वायरलेस चार्जर, टापु जस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई अब्बल बनाएको छ ।

कारमा फुल्ली अटोमेटिक पार्किंङ सिस्टम, तीनवटा ड्राइभिङ मोड (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई बेजोड बनाएको छ । साथै सुरक्षाका लागि यसमा लेभल २ एडास समेत दिइएको छ । सेफ्टि टेष्टमा यसले फाइभ स्टार रेटिङ पाएको छ ।

यो नयाँ इभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ । जसको रियल लाइफ रेन्ज ४३० किलोमिटर (सीएलटीसी) रहेको छ भने डब्लुएलटिपीका अनुसार यसले ३१७ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कारमा दिइएको ७० किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले १६० एनएमको टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

धमाधम ब्याट्रीको मूल्य घट्दा इलेक्ट्रिक टु ह्विलरको मूल्यमा पनि २५ प्रतिशतले कमी

भारतमा टु ह्विलरको मूल्य सस्तो भएको छ । धेरै इलेक्ट्रिक टु ह्विलर कम्पनीले...

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

फोटोन ईभी भ्यानको परीक्षण सम्पन्न, नेपाली सडक उपयुक्त भएको निष्कर्ष

काठमाडौं – फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल...

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...