टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक  

टाटा मोटर्ससँग हाल इलेक्ट्रिक कारको सबैभन्दा ठुलो पोर्टफोलियो छ, कम्पनीले हालै आफ्नो पोर्टफोलियोमा नयाँ इलेक्ट्रिक एसयूभी टाटा कर्भ समावेश गरेको छ । टाटा मोटर्सका सबै इलेक्ट्रिक सवारी साधनहरु राम्रो ड्राइभिङ रेन्जमा आउने भएपनि अब कम्पनीका सबै इलेक्ट्रिक गाडीहरुको ड्राइभिङ रेन्ज परिमार्जन गरिएको कम्पनीले जानकारी दिएको छ ।

भारत सरकारको सडक, यातायात र राजमार्ग मन्त्रालयले एमआईडीसी अर्थात महाराष्ट्र इन्डष्ट्रियल डेभलपमेन्ट कर्पोरेसनको रेन्ज परीक्षण सञ्चालन गर्ने सम्बन्धमा नयाँ सर्तहरू लागू गरेपछि टाटा मोटर्सले आफ्ना इलेक्ट्रिक कारहरूको सिंगल चार्ज रेन्ज परिमार्जन गरेको हो । कम्पनीले नयाँ कर्भ ईभीको रेन्ज पनि घटाएको छ ।

टाटा कर्भ कुपे एसयूभीको ५५ किलोवाट ब्याट्री भेरिएन्टको पुरानो एमआईडीसी रेन्ज ५८५ किलोमिटर थियो, जुन अहिले घटेर ५०२ किलोमिटरमा पुगेको छ । सो गाडीको ४५ किलोवाट सानो ब्याट्री भेरिएन्टको रेन्ज ५०२ किलोमिटरबाट घटेर ४३० किलोमिटर पुगेको छ ।

एमआईडीसीले विद्युतीय सवारी साधन उद्योगमा स्ट्यान्डर्ड परीक्षण प्रक्रियालाई बुझाउँछ जुन इलेक्ट्रिक कारको वास्तविक ड्राइभिङ रेन्ज मूल्याङ्कन गर्न प्रयोग गरिन्छ । यो भारतीय सडक र ट्राफिक अवस्थालाई ध्यानमा राखेर परीक्षणको डिजाइन गरिएको हो ।

एमआईडीसीको परीक्षण चक्र शहरी ड्राइभिङ र हाईवे ड्राइभिङ परीक्षण गरी दुई भागमा विभाजन गरिएको छ । पहिला कुनै पनि इलेक्ट्रिक सवारी साधन शहरी ड्राइभिङको लागि मात्र परीक्षण गरिन्थ्यो । ईभीको लोकप्रियता र लामो दुरीको रेन्जको लागि अब शहरी ड्राइभिङ रेन्ज र हाईवे ड्राइभिङ रेन्ज अनिवार्य रुपमा परीक्षण गर्नुपर्ने भएको छ ।

सोही परीक्षण अनुसार टाटा मोटर्सको सबैभन्दा सस्तो इलेक्ट्रिक गाडी टिगोर ईभीको २४ किलोवाट भेरिएन्टले अब ३१५ किलोमिटरको सट्टा २७५ किलोमिटरसम्मको रेन्ज दिनेछ । साथै १९.२ किलोवाट भेरिएन्टले २५० किलोमिटरबाट घटेर २२१ किलोमिटरमा पुगेको छ ।

टाटा पञ्चको पनि २ भेरिएन्ट, ३५ किलोवाट भेरिएन्टले अब ४२१ किलोमिटरको सट्टा ३६५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछ । यसको २५ किलोवाट भेरिएन्टले ३१५ किलोमिटरको सट्टा २६५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने भएको छ ।

सम्बन्धित समाचारहरू

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

टाटा मोटर्सद्वारा  २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सद्वारा २०२६ मा तीन नयाँ मोडल ल्याउने तयारी

टाटा मोटर्सले सन् २०२६ मा तीन नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी...

टाटा मोटर्सद्वारा पहिलाे फाेर ह्विलर ट्रक एलटीपी ८१२ लन्च

टाटा मोटर्सद्वारा पहिलाे फाेर ह्विलर ट्रक एलटीपी ८१२ लन्च

टाटा मोटर्सले भारतमा पहिलो पटक ५ टन पेलोड क्षमता भएको फाेर ह्विलर ट्रक टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...