कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना भारतीय यात्रु यात्राका क्रममा नेपाल आइपुगेका छन् । समय समयमा कार यात्रा गरिरहने कौशिक रोयको नेतृत्वमा आएको सो यात्रामा चार एसयूभी प्रयोग भएका छन् । उनीहरु लण्डन सम्मको यात्राका लागि नेपाल आइपुगेका हुन् ।

रक्सौल हुुँदै काठमाडौ आइपुगेका यात्रुलाई आज एक कार्यक्रमका बिच नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले स्वागत गरे । उनीहरु नेपालको पशुपतिनाथ र अन्य पर्यटकीय क्षेत्रको भ्रमण गरी चीन प्रस्थान गर्नेछन् ।

महिन्द्रा एक्सयूभी ७००, टोयोटा फर्चुनर, महिन्द्रा थार र बीएमडब्लु एक्स१ एसयूभीमा सवार यी यात्रुहरु अब चीन, किर्गिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, इरान, आर्मेनिया, जर्जिया, टर्की, ग्रिस, बुल्गेरिया, सर्बिया, हंगेरी, चेक, पोल्यान्ड, स्लोभाकिया, जर्मनी, स्विट्जरल्यान्ड, लिचटेन्स्टाइन, अष्ट्रिया र फ्रान्स हुँदै युके पुग्ने छन् । सो यात्रा करिव दुई महिनामा सम्पन्न हुनेछ ।

सिएट टायरले प्रायोजन गरेको सो यात्रालाई क्रस ट्रेल भनिएको छ । द रोडिसीले यो भन्दा पहिले पनि यस प्रकारको ट्रेल यात्रा आयोजना गरिसकेको छ ।

फेडरेसन अफ अटोमोबाइल एसोसिएसन (एफआईएए) र कार्ने डी प्यासेज (सीडीपी) को सहायताले सो रोड ट्रिप कोलकाता, काठमाडौं, केरुङ हुँदै लण्डन सम्म पुग्ने छ ।

स्मरण रहोस्, संसारमा इन्टरनेसनल ड्राइभिङ परमिट (आईडीपी) तथा सीडीपीको सहयोगले कुनै पनि कार संसारभर गुडाउनका लागि स्वतः अनुमति प्राप्त हुन्छ ।

सम्बन्धित समाचारहरू

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स छापियो ? अब नागरिक एपमै हेर्न सकिने

तपाईंको स्मार्ट ड्राइभिङ लाइसेन्स छापियो ? अब नागरिक एपमै हेर्न सकिने

काठमाडौँ – सवारी चालक अनुमतिपत्र अर्थात क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स...

बस्नेतको संयोजकत्वमा नासा फाउण्डेसनमा नयाँ नेतृत्व

बस्नेतको संयोजकत्वमा नासा फाउण्डेसनमा नयाँ नेतृत्व

काठमाडौं – विगत एक दशक देखि नेपालको सडक र यातायात, सेफर मोविलिटि, स्मार्ट...

गोरखकाली रबर उद्योगलाई उपयुक्त पीपीपी मोडलमा सञ्चालन गर्न कार्यदलको सुझाव

गोरखकाली रबर उद्योगलाई उपयुक्त पीपीपी मोडलमा सञ्चालन गर्न कार्यदलको सुझाव

गोरखकाली रबर उद्योग पुनः सञ्चालन सुझाव कार्यदलले १० महिना लगाएर तयार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...