अटो उद्योगमा चीनको नयाँ निर्णयपछि हलचल
विश्व अटो उद्योगमा चीनको नयाँ निर्णयपछि ठूलो हलचल मच्चिएको छ। चीन सरकारले...
नेपालमा स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले नाडा अटो शो २०२४ को पाँचौ दिन सम्म ९९ गाडी बुकिङ भएको दावी गरेको छ ।
अटो शो आज सकिदै छ । जी मोटर्सले हाल स्काइवेल ईटी५ र बीई११ मोडलका ६२० किमी, ५२० किमी र ४२० किमी रेन्ज दिने इलेक्ट्रिक गाडी बिक्री–वितरण गरिरहेको कार्यकारी निर्देशक पारशमणि गेलालले बताए ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी यस अघि नै बिक्री–वितरण भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य कायम गरेको छ ।
यस अनुसार ४१० किमी बीई११ को मूल्य ७५ लाख ९० हजार, बीई११ ५२० किमीको मूल्य ८५ लाख ९० हजार र ईटी५ को मुल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।
स्काइवेल नेपाल वाहेक जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायत ६५ भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको युरोपियन गुणस्तरको सवारी बिक्री गर्ने प्रिमयम सवारी उत्पादक कम्पनी भएको बताइएको छ ।
नाडा शो पश्चात सबै मोडलमा ५ लाखले मुल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।
विश्व अटो उद्योगमा चीनको नयाँ निर्णयपछि ठूलो हलचल मच्चिएको छ। चीन सरकारले...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मूल्य अभिवृद्धि कर (भ्याट)...
ईभी रेसम निकै अगाडी देखिएको चीनले द्रुत गतिमा अत्याधुनिक प्रविधि र उन्नत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...