५ लाख ६० हजारमा आयो सबैभन्दा ठूलो पल्सर, यस्तो छ विशेषता
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...
काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार भएपनि सरकारले स्थिर निती लन नसकेको बताएका छन् ।
ईभी मेन स्ट्रिम बन्दै गएपनि सरकारको अस्थिर नितिका कारण व्यवसायीले ढुक्क भएर लगानी गर्ने अबस्था नरहेको उनले बताए । ईभी पूर्बाधारमा लागनी गर्न व्यवसायी तयार रहेकाले कम्तिमा १० वर्षको स्थिर निती लागु गर्न चौधरीले माग गरे ।
आज नाडा अटो शोको औपचारिक उद्घाटन कार्यक्रममा उनले अटोमोबाइल व्यवसाय अर्थतन्त्रको अभिन्न अंग भएपनि अहिलेको कठिन अवस्थामा राज्यबाट सहयोग नपाएको गुनासो ब्यक्त गरे ।
‘ईभी बाहेक अहिले समग्र अटोबजार कठिन अबस्थाबाट गुज्रिरहेको छ । हामीले यो क्षेत्रलाई पुरानै लयमा फर्काउन राज्यबाट केही नितिगत सुधारको अपेक्षा गरेका थियौ । तर ति पुरा भएनन्’ उनले भने ।
अटोमोबाइल क्षेत्रमा व्यवसायीको १ खर्बभन्दा बढी रकम लगानी भैसकेकोले यसको संरक्षण गर्नु राज्यको दायित्व हुने उनको भनाई छ । ‘अटो क्षेत्रले राजश्वमा २० प्रतिशत योगदान दिएको छ । लाखौले रोजगारी पाएका छन् । तर यहि क्षेत्र समस्यामा पर्दा राज्य वेखवरजस्तै छ । हामीलाई आशा छ, राज्यले हाम्रो समस्या बुझेर सुधारका कदमहरु अघि बढाउनेछ’ चौधरीले भने ।
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज...
वैशाख १३ अघि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान नेपाल आउने भएका छन् ।...
काठमाडौं – नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...