एमजी हेक्टरले बनायो नयाँ रेकर्ड, हरेक सडक अवस्थाका लागी अनुकुल रहेको प्रमाणित

एमजीको लोकप्रिय एसयूभी हेक्टरले भारतमा आफ्नो ५ औं वार्षिकोत्सव मनाउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । हेक्टरले सबैभन्दा कम उचाईबाट सबैभन्दा उच्च उचाई सम्मको सडक यात्रा शीर्षकमा भारत बुक अफ रेकर्ड्समा नाम लेखाउन सफल भएको हो ।

२७ जुलाई २०२४ मा केरलाको कुट्टानाडबाट सुरु भएर ३० जुलाई २०२४ मा लद्दाखको उम्लिंगलासम्म उक्त यात्रा गरिएको थियो । ६६ घण्टा ५८ सेकेन्डमा ३ हजार ८४६ किलोमिटर कभर गर्र्दै एमजी हेक्टले यो उपलब्धि हासिल गर्ने सबै भन्दा छिटो एसयूभीको पहिचान बनाएको हो ।

हरेक सडक अवस्थाका लागि अनुकूल हुने गरी डिजाइन गरिएका कारण हेक्टरले यस्तो उपलब्धी हाँसिल गर्न सकेको एमजी मोटर इण्डियाले जनाएको छ ।

हाई स्ट्रेन्थ स्टील, हट–स्ट्याम्प गरिएको बी पिलर, बाक्लो ढोका प्यानल र रोल–फर्म गरिएको ट्युबुलर स्टील ढोकाहरूको साथ निर्माण गरिएको हेक्टरमा यात्रुहरूको सुरक्षालाई विशेष ध्यान दिएको छ ।

यो एसयूभीमा ५ वटा एयरब्याग, ३६०–डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस), हिल असिस्ट कन्ट्रोल (एचएसी), चारवटै चक्कामा डिस्क ब्रेक, सबै सिटहरूका लागि थ्री–प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अगाडि पार्किङ सेन्सरहरू राखिएक छन् ।

यस एसयूभीमा ट्राफिक जाम असिस्ट र अटो टर्न इन्डिकेटर्स जस्ता एडभान्स ड्राइभर असिस्टेन्स सिस्टमहरू पनि उपलब्ध छ । जसले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव सुनिश्चित गर्छ । एमजी हेक्टरमा भारतकै सबैभन्दा ठूलो ३५.५६ सेमी (१४इन्च) लामो इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

सम्बन्धित समाचारहरू

सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल

सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल

काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक...

यस्तो छ नेपाली बजारका लागि बुकिङ खुला गरिएको विद्युतीय गाडी एमजी जेडएस ईभी

यस्तो छ नेपाली बजारका लागि बुकिङ खुला गरिएको विद्युतीय गाडी एमजी जेडएस ईभी

काठमाडौँ – नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक...

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजीले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर ईएस५ को बिक्री शुरु गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...