७ वर्षसम्म स्थिर रहने ब्याजदरमा एमजी ईभी किन्न पाइने, ब्याजदर ८.९९ प्रतिशत
काठमाडौं– एमजी ब्राण्डका ईभी ग्राहकले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा...
एमजी मोटर इन्डियाले आफ्नो आगामी क्रसओभर युटिलिटी गाडी विन्डसरको नयाँ टिजर जारी गरेको छ । जेएसडब्ल्यु र एमजी बिचको साझेदारीमा यो भारतमा पहिलो कार हुनेछ । कम्पनीले सो कारलाई भारतको पहिलो इलेक्ट्रिक युटिलिटी गाडी भनिरहेको छ ।
कम्पनीले हालै विन्डसर ईभी सेप्टेम्बर ११ मा लन्च गर्ने घोषणा गरेको छ । यसको मूल्य २० लाख भन्दा कम हुन सक्ने अनुमान गरिएको छ । सो एसयूभीले कर्भ ईभी, नेक्सन ईभी र एक्सयूभ४०० सँग प्रतिस्पर्धा गर्नेछ ।
सोशल मिडिया प्लेटफर्म एक्समा जारी गरेकी भिडियोमा सो गाडीको प्यानोरामिक ग्लासरूफ देखाइएको छ । उक्त ग्लासबाट क्याबिनमा आउने प्रकाशले क्याबिनलाई निकै प्रिमियम देखाइएको छ । यस्तै ग्लासरुफ हुन्डाई प्रिमियम ईभी आयोनिक ५ मा पनि दिइएको छ ।
सो कार कार इन्डोनेसियामा वुलिङ क्लाउड ईभीको नाममा बिक्रि गरिन्छ । सो एसयूभीको भारतीय संस्करणको स्पेसिफिकेशनको बारेमा जानकारी अझै खुलाइएको छैन । यसलाई क्लाउड ईभी नामक इलेक्ट्रिक पावरट्रेनमा पेश गर्न सकिन्छ । क्लाउड ईभीमा ३७.९ किलोवाट ब्याट्री प्याक र ५०.६ किलोवाट ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ, जसले ३६० किलोमिटर ४६० किलोमिटर रेन्ज प्रदान गर्छ ।
विन्डसर ईभीको ह्विलबेस २७०० एमएम छ । सो एसयूभी एमपीभी जस्तो देखिए तापनि यो ५ सिट कन्फिगरेसनको साथ उपलब्ध हुनेछ । यसमा १५.६ इन्चको टचस्क्रिन, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जिङ, मल्टी कलर एम्बियन्ट लाइटिङ, इलेक्ट्रिक एडजस्टेबल फ्रन्ट सिट र इलेक्ट्रिक टेलगेट जस्ता फिचर हुने सम्भावना छ ।
सो एसयूभीमा सेफ्टिका लागि इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ३६० डिग्री क्यामेरा जस्ता फिचर उपलब्ध हुनेछ । विन्डसरमा एडास जस्ता फिचर पनि दिन सक्ने सम्भावना छ ।
काठमाडौं– एमजी ब्राण्डका ईभी ग्राहकले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा...
एमजी मोटरले नेक्स्ट जेनेरेसन हेक्टरको पहिलो टिजर सार्वजनिक गरेको छ ।...
नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा एमजी मोटरले इलेक्ट्रिक र हाइव्रिड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...