हुन्डाई भेन्यूमा थपियो नयाँ भेरिएन्ट, यस्तो छ मूल्य र विशेषता

हुन्डाईले भारतमा भेन्यूको नयाँ भेरिएन्ट लन्च गरेको छ । एस प्लस भेरिएन्टमा कम्पनीले इलेक्ट्रिक सनरुफ लगायत अन्य थुप्रै नयाँ फिचर दिएको छ । सो नयाँ भेरिएन्टको मूल्य ९ लाख ३५ हजार ८०० भारु निर्धारण गरिएको छ ।

भेन्यूको नयाँ भेरिएन्टलाई कम्पनीले केही समयअघि लन्च गरिएको एस(ओ) प्लस भन्दा तल राखेको छ । एसयूभीमा इलेक्ट्रिक सनरुफ सहित डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक हेडल्याम्प, रूफ रेल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, रियर एसी भेन्टसहितको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली लगायत फिचर पाउन सकिन्छ ।

भेन्यु एस प्लसमा ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र हिल–स्टार्ट असिस्ट कन्ट्रोल लगायत सेफ्टि फिचर सामेल गरिएको छ ।

सो नयाँ भेरिएन्ट १.२ लिटर पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने कम्पनीले जनाएको छ । जसको पावर ८२ बीएचपी र टर्क ११४ एनएम छ भने इन्जिनलाई ५ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

ग्रान्ड आई१० निओसको फेसलिफ्ट मोडल सार्वजनिक

हुन्डाई मोटर्स इण्डियाले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई१०...

६ एयरब्याग र ४० उन्नत सेफ्टी फिचर सहित जुलाई १० मा लन्च हुँदैछ हुन्डाई एक्सटर

६ एयरब्याग र ४० उन्नत सेफ्टी फिचर सहित जुलाई १० मा लन्च हुँदैछ हुन्डाई एक्सटर

हुन्डाईले भारतीय बजारमा नयाँ कम्प्याक्ट एसयूभी ‘एक्सटर’ आगामी जुलाई १० मा...

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा भारतमा लन्च गरेको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...