यस पटकको नाडा अटो शो पहिले भन्दा भव्य र प्रभावशाली हुने व्यवसायीहरुको भनाइ

काठमाडौं - भृकुटीमण्डप प्रदर्शनी स्थलमा यही भदौ ११ गतेदेखि नाडा अटो शो–२०२४ आयोजना हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने उक्त शोमा भदौको १३ गतेसम्म सञ्चालन हुने छ ।

यसपटकको आयोजना हुने अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा नाडाले लिएको छ । नाडा अटो शोले नेपाली अटोमोबाइल क्षेत्रमा महत्वपूर्ण योगदान र हजारौं आगन्तुकहरूलाई प्रत्येक वर्ष आकर्षित गर्दै आएको कार्यवाहक संयोजक अनुपकुमार बरालले बताए ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शन गरिने छ । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन् भने १३० वटा स्टलहरू रहने बताइएको छ ।

आर्थिक चुनौतीहरूका बीचमा अटोमोबाइल क्षेत्रलाई पुनर्जीवित गर्दै यस अटो शोको आयोजना गर्न गइरहेको बरालले बताए ।

यस्तै, अटो शोले उद्योगलाई पुनर्जीवित गर्न राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए । ‘यस शोले आर्थिक गतिविधिलाई बढावा दिने छैन, चुनौतीपूर्ण वातावरणको बाबजुद प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता प्राप्त गरेको छ, जसले उद्योगभित्रको बलियो आशावाद र लचिलोपनको संकेत गर्दछ,’ अध्यक्ष चौधरीले भने ।

चाडपर्वको मौसम नजिकिँदै गर्दा नाडा अटो शोबाट नयाँ मोडेलहरू प्रविधिहरू र प्रवृित विकल्पहरू र व्यावसायिक अवसरहरूको पनि लाभ लिन सक्नेछन् ।

प्रदर्शनीलाई चारपांग्रे, दुईपांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको बताइएको छ । यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने नाडाले जानकारी दिए । अटो शोको प्रवेशको लागि अग्रिम रूपमा टिकट खल्ती एपमार्फत खरिद गर्न सकिने नाडाले बताएको छ ।

अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक लाभ उठाउन सक्ने बताइएको छ । अटो शो अवधिभर करिव ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा नाडाले लिएको छ ।

नाडा अटो शो २०२४ मा टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन् । अटो शोले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्चको तयार पर्ने अध्यक्ष चौधरीले बताए । नाडाले अटो शो अवधिभर पार्किङ साथै सुरक्षाको व्यवस्थापन गरेको छ । उक्त शो अवधिमा काठमाडौं भ्यूटावर, धरहरालगायतका स्थानमा पार्किङ गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

अर्थमन्त्रीसँग नाडा : सवारी किन्नका लागि बैंकबाट ऋण लिने व्यस्था सहज बनाउन माग

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गाडी किन्नका लागि...

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

बुधबारदेखि पोखरामा वाडा अटो शो हुँदै

पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...