किया मोटर्सको पहिलो मास-मार्केट इलेक्ट्रिक एमपीभी क्यारेन्स चाँडै लन्च हुने तयारीमा
कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ ।...
काठमाडौं – नेपाली बजारमा कियाका विभिन्न सवारी साधनहरु कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले बिक्री–वितरण गरिरहेको छ ।
नेपाली बजारमा किया ईभी९ र ईभी६ ईभी बिक्रीका लागि उपलब्ध भएको कम्पनीले सार्वजनिक गरेको छ । ईभी९ हालै नेपाल भित्रिएको इलेक्ट्रिक सवारी साधन हो । यसको मूल्य १ करोड ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी किया ईभी६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ छ ।
नेपाली बजारमा उपलब्ध कियाको सबैभन्दा कम मूल्यको गाडी सोनेट हो । सोनेटको एक मात्र भेरिएन्ट सोनेट एचटीई छ । यसको मूल्य ३९ लाख ९० हजार रुपैयाँ छ ।
किया सेल्टोसका ८ भेरिएन्ट नेपाली बजारमा उपलब्ध छ । २०२४ मोडलको सेल्टोस एचटीके प्लसको मूल्य ६४ लाख ९० हजार रुपैयाँ छ । अन्य मोडलको मूल्य ६३ लाख ९० हजार देखि ८२ लाख ९० हजार रुपैयाँ सम्म छ ।
त्यसैगरी किया क्यारेन्स, स्पोर्टेज र सोरेन्टो पनि नेपाली बजारमा उपलब्ध छन् ।
नेपाली बजारमा उपलब्ध कियाको सबैभन्दा महंगो मूल्यको गाडी किया सोरेन्टो हाइब्रिड हो । यसको मूल्य १ करोड ८९ लाख ९० हजार रुपैयाँ छ ।

कियाको बहुप्रतिक्षित इलेक्ट्रिक कार क्यारेन्स लन्च हुने तयारीमा रहेको छ ।...
भारतमा किया क्यारेन्सको ग्लोबल डेब्यु गरिएको छ । यससँगै क्यारेन्सको बुकिङ...
किया इन्डियाले ३० हजार वढी क्यारेन्सको इन्स्ट्रयुमेन्ट क्लस्टरमा समस्या...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...