रोयल इन्फिल्डको २०२४ मोडल क्लासिक ३५० सार्वजनिक

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को २०२४ मोडल सार्वजनिक गरेको छ । सो बाइक सेप्टेम्बर १ मा लन्च हुनेछ । बाइकको बडीवर्क र इन्जिनमा कुनै परिवर्तन गरिएको छैन ।

कम्पनीले रोयल इन्फिल्ड क्लासिक ३५० मा ३४९ जे सिरिजको सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन प्रदान गरेको छ, जसले ६१०० आरपीएममा २० एचपी पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसको इन्जिन ५ स्पिड गियरबक्ससँग ट्युन गरिएको छ ।

नयाँ क्लासिक ३५० बाइकमा १९ इन्च फ्रन्ट र १८ इन्च रियर स्पेक ह्विल दिइएको छ । यसको केही भेरिएन्टमा अलोय ह्विल पनि उपलब्ध छ । बाइकको फ्रन्टमा ४१ एमएम टेलिस्कोपिक फोर्क र रियरमा ६ स्टेप प्रिलोड एड्जस्टेबल ट्विन शक एब्जर्बर युनिट प्रदान गरिएको छ ।

ब्रेकिङको लागि बाइकको मिड र टप भेरिएन्टमा ड्युअल च्यानल एबीएससहित ३०० एमएम फ्रन्ट र २७० एमएम रियर डिस्क ब्रेक छ । बेस भेरिएन्टमा सिंगल च्यानल एबीएसको साथ पछाडि ड्रम ब्रेक उपलब्ध छ ।

बाइकमा नयाँ लाइटिङ सेटअप दिइएको छ, जसमा हेडलाइट र टेलल्याम्प दुवैका लागि एलईडी युनिट प्रदान गरिएको छ । हालको मोडेल हलोजन युनिटको साथमा उपलब्ध छ । नयाँ बाइकमा नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल, यूएसबी चार्जिङ पोर्ट र अन्य फिचर प्रदान गरिएको छ । साथै अन्य मोडलमा जस्तै रोयल इन्फिल्डको नयाँ क्लासिक ३५० सबै एसेसरिज र कस्टमाइजेसन विकल्पमा आउनेछ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

रोयल इन्फिल्डको ‘हन्टर हेरिटेज राईड–२०२३’ सम्पन्न(फोटो फीचर)

काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...

बन्दीपुर हेरिटेज राइड सम्पन्न

बन्दीपुर हेरिटेज राइड सम्पन्न

रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...