हुन्डाई क्रेटा फेरि बन्यो नम्बर १ एसयूभी

भारतीय बजारमा एसयूभीको माग तीव्र गतिमा बढिरहेको छ र यस्तो अवस्थामा कार कम्पनी बिच विभिन्न सेगमेन्टमा एसयूभी लन्च गर्ने प्रतिस्पर्धा चलिरहेको छ । हालै टाटा मोटर्सले आफ्नो एसयूभी कुपे कर्भ र सिट्रोनले कुपे बसाल्ट लन्च गरेको छ । गत जुलाईमा हुन्डाई क्रेटाले टाटा पञ्चलाई उछिनेर नम्बर १ एसयूभी बनेको छ । यी हुन् सबैभन्दा लोकप्रिय एसयूभीको सूची ।

हुन्डाई क्रेटा

हुन्डाई क्रेटा एक मिड साइज एसयूभी हो र यो गत जुलाईमा सबैभन्दा धेरै बिक्री हुने एसयूभी थियो । क्रेटा गत महिना १७ हजार ३५० युनिट बिक्री गरेको थियो ।

टाटा पञ्च

यो वर्ष सबैभन्दा बढी बिक्री भएको टाटा पञ्च एसयूभी जुलाईमा दोस्रो स्थानमा खसेको थियो । सो महिना टाटा पञ्च १६ हजार १२१ युनिट बिक्री भएको थियो ।

मारुती सुजुकी ब्रेजा

गत जुलाईमा तेस्रो सबैभन्दा बढी बिक्री हुने एसयूभी मारुती सुजुकी ब्रेजा १४ हजार ६७६ ग्राहकहरूले खरिद गरेका थिए ।

टाटा नेक्सन

टाटा नेक्सन लोकप्रिय सब-४ मिटर कम्प्याक्ट एसयूभी हो । सो एसयूभी डिजेल र पेट्रोलका साथै इलेक्ट्रिक भेरिएन्टमा उपलब्ध छ । गत जुलाईमा सो एसयूभी १३ हजार ९०२ युनिट बिक्री भएको थियो ।

महिन्द्रा स्कोर्पियो

महिन्द्रा एण्ड महिन्द्राको सबैभन्दा बढी बिक्रि हुने कम्प्याक्ट एसयूभी स्कोर्पियो-एन र स्कोर्पियो क्लासिकले जुलाईमा १२ हजार २३७ युनिट बिक्री गरेको छ ।

मारुती सुजुकी फ्रङ्क्स

मारुती सुजुकीको स्लिक क्रसओभर फ्रङ्क्स गत महिना १० हजार ९२५ ग्राहकहरूले खरिद गरेका थिए ।

महिन्द्रा एक्सयूभी थ्रीएक्सओ

महिन्द्रा एण्ड महिन्द्राको सब-४ मिटर कम्प्याक्ट एसयूभी एक्सयूभी थ्रीएक्सओ गत जुलाईमा १० हजार ग्राहकले खरिद गरेका थिए ।

किया सोनेट

किया इन्डियाको लोकप्रिय सब-४ मिटर कम्प्याक्ट एसयूभी सोनेटले गत महिना ९ हजार ४५९ युनिट बिक्री गरेको छ ।

मारुती सुजुकी ग्रान्ड भिटारा

मारुती सुजुकी ग्रान्ड भिटारा एक लोकप्रिय मिडसाइज एसयूभी हो र गत जुलाईमा ९ हजार ३९७ ग्राहकहरूले खरिद गरेका थिए।

हुन्डाई भेन्यु

हुन्डाई मोटर इन्डियाको लोकप्रिय कम्प्याक्ट एसयूभी भेन्यु पनि गत जुलाईमा ८ हजार ८४० युनिट बिक्री भएको थियो ।

सम्बन्धित समाचारहरू

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

आजबाट धनतेरस टाटा उत्सव, आकर्षक अफरका साथ सुनको असर्फी जित्ने सुनौलो मौका

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

हुन्डाईको नयाँ क्रेटा ७० भन्दा बढी सेफ्टी फिचरसहित आउँदै, थप जानकारी सार्वजनिक

हुन्डाईको नयाँ क्रेटा ७० भन्दा बढी सेफ्टी फिचरसहित आउँदै, थप जानकारी सार्वजनिक

हुन्डाई क्रेटाको फेसलिफ्ट भर्सन १६ जनवरीमा लन्च हुने भएको छ । लन्च...

नेपाल आउदै हुन्डाईको नयाँ क्रेटा, मूल्य सार्वजनिक

नेपाल आउदै हुन्डाईको नयाँ क्रेटा, मूल्य सार्वजनिक

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...