युरोपमा बिक्री हुने सिट्रोन ईसी३ को भारतमा परीक्षण सुरु
सिट्रोनले युरोपेली बजारलाई लक्षित गरी ल्याउन लागेको नयाँ जेनेरेसन ईसी३...
सिट्रोनले आफ्नो पहिलो एसयूभी कुपे स्टाइल कार बसाल्ट भारतीय बजारमा लन्च गरेको छ। कारमा ६ वटा एयरब्यागसहित अत्याधुनिक सेफ्टी फिचर उपलब्ध छ । सो कार ६ वटा भेरिएन्टमा ल्याइएको छ ।
बसाल्ट सीएमपी प्लेटफर्ममा विकसित गरिएको छ । कारको लुक सी३ र सी३ एयरक्रसबाट प्रेरित छ । यसको अगाडि क्रोम फिनिश स्प्लिट ग्रिल र भी आकारको स्प्लिट हेडल्याम्प सेटअप दिइएको छ । यसमा हलोजन युनिटको सट्टा प्रोजेक्टर हेडल्याम्प उपलब्ध छ । साइड प्रोफाइलमा स्लोपिङ रुफलाइन, स्क्वायर ह्विल आर्च, साइड बडी क्ल्याडिङ र ड्युअल टोन अलोय ह्विलले सुसज्जित छ । यसको साइड प्रोफाइलको हाइट बढाइएको छ ।
बसाल्टको क्याबिन र ड्यासबोर्ड सी३ एयरक्रस जस्तै छ । यसमा ड्युअल डिजिटल डिस्प्ले छ र कारमा सेतो लेदरको अपहोल्स्ट्री दिइएको छ । बासाल्टको पछाडिको सिट ८७ एमएमसम्म सार्न सकिन्छ । बसाल्ट एसयूभी कुपेमा १०.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ । साथै अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, पुस बटन स्टार्ट/स्टप, कीलेस इन्ट्री र वायरलेस फोन चार्जिङ जस्ता फिचर पनि उपलब्ध गराइएको छ ।
सेफ्टीका लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ रुम र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर उपलब्ध गराइएको छ ।
बसाल्टमा २ वटा इन्जिनको विकल्प रहेको छ । यसमा १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० एचपीको पावर र २०५ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स दिइएको छ ।
यसको दोस्रो १.२ लिटर प्राकृतिक एस्पिरेटेड पेट्रोल इन्जिनले ८२ एचपी पावर र ११५ एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसनका लागि यसलाई ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ । यो इन्जिनले १८ किलोमिटर माइलेज दिन्छ । साथै टर्बो इन्जिनले ६ स्पिड एमटीसँग १९.५ किलोमिटर र ६ स्पिड एटीसँग १८.७ किलोमिटर माइलेज दिन्छ ।
सिट्रोन बसाल्टको बुकिङ सुरु भइसकेको छ । सो एसयूभीले आगामी टाटा कर्भ, हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, स्कोडा कुशाक र होन्डा एलिभेटसँग प्रतिस्पर्धा गर्नेछ।
सिट्रोनले युरोपेली बजारलाई लक्षित गरी ल्याउन लागेको नयाँ जेनेरेसन ईसी३...
काठमाडौं – सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले...
काठमाडौं – नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...