एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यको घोषणा गरेको छ ।

सो सहकार्य अनुसार नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशत सम्म फाइनान्स सुविधा पाउने छन् ।

एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरुबाट फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धी ब्याजदर, लचिलो नियम र सहज प्रक्रिया सहित बैंकले सुविधा उपलब्ध गराउने बताइएको छ । यसका लागि बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टको रुपमा बुझाउनु पर्नेछ ।

पारामाउन्ट मोटर्सले एनआईएमबीसँगको सहकार्यमा ग्राहकलाई सहज रुपमा फाइनान्स सुविधा सहित अटो लोन उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गरेको छ । नेपालमा सस्टेनेबल र एड्भान्स्ड मोबिलिटी सोलुसन उपलब्ध गराउने कम्पनीको भिजनसँग मिल्ने गरी यस प्रकारको फाइनान्स सुविधा उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

एनआईएमबीले नेपाल राष्ट्र बैंकको गाइडलाइन बमोजिम ग्राहकमैत्री फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी

एक वर्षमा भित्रिए ५ अर्ब ३२ करोडका १ हजार ८ सय बढी विद्युतीय गाडी

काठमाडौं – नेपालमा विद्युतीय गाडी आयात बढेको छ । गत वर्षसम्म न्युन...

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङमा लन्च गरियाे म्याक्सस ईटेराेन ९, मूल्य र फिचर यस्ताे

मनाङ – म्याक्सस ईटेराेन ९ इलेक्ट्रिक पिकअप मनाङमा लन्च गरिएको छ ।...

बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभी छिट्टै भारतमा लन्च हुने

बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभी छिट्टै भारतमा लन्च हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले एट्टो ३ इलेक्ट्रिक एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...