२० प्रतिशत मात्र रकम बुझाएर होन्डाका दुई बाइक लिन सकिने, बाँकी रकम यसरी तिर्नुस्

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा एनएक्स २०० र हर्नेट २.० मा फाइनान्स धमाका नामक विशेष अफर उपलब्ध गराएको छ । सो अफर अनुसार मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टको रुपमा बुझाएर बाइक लिन सकिन्छ । कम्पनीका अनुसार बाँकी रकम ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।

होन्डा एनएक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशतले हुन आउने रकम ९६ हजार ९८० रुपैयाँ शुरुमा बुझाउन सकिन्छ । यसका साथमा सेवा शुल्क र अन्य कर समेत जोड्दा सबै गरी शुरुमा १ लाख ३० हजार ३४५ रुपैयाँ बुझाए पछि बाइक लिन सकिने व्यवस्था छ ।

बाँकी रकम ३ लाख ८७ हजार ९२० रुपैयाँ ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ र यसका लागि मासिक करिव १४ हजार रुपैयाँ बुझाउनु पर्छ । यसमा करिव १७.२५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

त्यसैगरी होन्डा हर्नेट २.० को मूल्य ४ लाख ६४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशत डाउन पेमेन्ट र कर तथा सेवा शुल्क सहित सबै गरी १ लाख २५ हजार ३४० रुपैयाँ शुरुमा बुझाउनु पर्छ ।

बाँकी रकम ३ लाख ७१ हजार ९२० रुपैयाँलाई मासिक किस्ताको रुपमा बुझाउदा मासिक रुपमा १३ हजार ४ सय रुपैयाँ बुझाउनु पर्छ । यसमा १७.७५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

होन्डाको मोटरसाइकल बिक्री गर्नका लागि स्याकारको आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार हायर पर्चेज प्रालिमार्फत लोन उपलब्ध गराइने व्यवस्था छ । यस अनुसार नै २० प्रतिशत मात्र रकम तिरेर मोटरसाइकल आफ्नो बनाउन सकिने सुविधा उपलब्ध भएको हो ।

होन्डाका नेपाली बजारमा उपलब्ध धेरै मोडल मध्ये एनएक्स २०० र हर्नेट २.० पनि पर्छन् ।

सम्बन्धित समाचारहरू

होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख

होन्डा ग्राजिया किन्दा राम कुमारले जिते ५ लाख

काठमाडौं– होन्डा ग्राजिया स्कुटरको खरिदमा राम कुमार श्रेष्ठले ५ लाख नगद...

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडी किन्दा वम्परमा सुन, यस्तो छ दशैं अफरका अन्य स्किम

होण्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...