नेपाल आउने पहिलो हाईड्रोजन कार बन्यो हुन्डाई नेक्सो, यस्ता छन् विशेषता
काठमाडौं– नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार...
काठमाडौं –हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटाको बिक्री शुरु गरेको छ । नयाँ क्रेटालाई कम्पनीले केही दिनयता नेपाली सडकमा परिक्षण गर्दै आएको थियो । भारतीय बजारमा ६ महिना अघिनै लन्च भएको नयाँ क्रेटाले नेपाली एसयूभी पारखीमाझ बहुप्रतिक्षित एसयूभीको पहिचान बनाएको छ ।
नयाँ क्रेटा विभिन्न ६ भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ५५ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहिलेको मोडल भन्दा नयाँ मोडलमा धेरै फिचर अपडेट गरिएको छ । नयाँ क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।
नयाँ क्रेटाको अगाडी भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोई ह्विलहरु पनि छन् । त्यसैगरी पछाडी भागमा कनेक्टिङ एलईडी टेल लाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश गरिएको छ ।
यसको ड्यासबोर्डलाई कालो र खैरो थिममा सजाइएको छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पहिलेभन्दा निकै आकर्षक छ । यसमा दुबै स्क्रिन समान १०.२५ इन्चका छन् । ८–स्पिकर वोस साउन्ड सिस्टम, एम्वर एम्विएन्ट लाइटिङ, पानारोमिक सनरुफ, भेन्टिलेटेड सिटहरु र डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरु समावेश छन् । नयाँ क्रेटाले आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
क्रेटा सन् २०१५ देखी नै नेपाली एसयूभी पारखीको विश्वास जित्दै आएको एक सफल कम्प्याक्ट एसयूभी हो । विगत १ दशक भन्दा बढी समयदेखी नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराइरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उत्कृष्ट सेवा र ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको छ । प्रिमियम तथा गुणस्तरिय सवारी, उच्च रिसेल भ्यालु र उत्कृष्ट बिक्री पछिको सेवाले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरुको शिर्ष रोजाइमा पर्दे आएको छ ।
काठमाडौं– नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलोपटक हाइड्रोजन कार...
हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको फेसलिफ्ट अवतार जनवरी १६ मा भारतीय...
हुन्डाईले क्रेटा इलेक्ट्रिकका लागि सफ्टवेयर अपडेट ल्याएको छ । उक्त...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...