सीएनजीपछि अब हाइड्रोजनबाट चल्ने मोटरसाइकलमा फोकस बढ्ने

विश्वको पहिलो सीएनजी मोटरसाइकल बजाज फ्रिडम १२५ भारतमा लन्च भइसकेको छ । यसैबीच यस वर्षको मोबिलिटी एक्स्पोमा जोय ई-बाइकले हाइड्रोजनबाट चल्ने स्कुटर सार्वजनिक गरेको छ । हाइड्रोजनबाट सञ्चालित मोटरसाइकल भविष्यमा यातायात प्रणालीको एक महत्त्वपूर्ण भाग हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यस प्रविधिलाई व्यापक रूपमा अपनाउन धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । वैज्ञानिक र इन्जिनियरहरु यी चुनौतीको समाधान खोज्न निरन्तर काम गरिरहेका छन् ।

हाइड्रोजनबाट चल्ने मोटरसाइकल पेट्रोल वा डिजेल इन्जिन भएका मोटरसाइकलभन्दा फरक रूपमा सञ्चालन हुन्छ । यसमा हाइड्रोजन फ्युल सेल हुन्छ । जब यी कोशिकामा हाइड्रोजन र अक्सिजन मिल्छ, रासायनिक प्रतिक्रिया हुन्छ र बिजुली उत्पन्न हुन्छ। जसले मोटरसाइकलको मोटर चलाउँछ र गति प्रदान गर्छ । सो प्रक्रियाबाट पानी मात्र छोडिन्छ, जसले वातावरण प्रदूषण मुक्त हुन्छ ।

हाइड्रोजन फ्युल सेल एनोड र क्याथोड मिलेर बनेको हुन्छ । हाइड्रोजन ग्यास एनोडमा प्रवेश गर्छ र इलेक्ट्रोन पैदा गर्छ । सो इलेक्ट्रोन बाहिरी सर्किटबाट क्याथोडमा प्रवेश गर्छ जहाँ अक्सिजनसँग मिलेर पानी बनाउँछ । इलेक्ट्रोनको यो प्रवाहले विद्युतीय प्रवाह उत्पन्न गर्छ, जसले मोटर चलाउँछ।

हाइड्रोजनबाट चल्ने मोटरसाइकलले पानी मात्र उत्सर्जन गर्छ, जसले गर्दा वातावरणका लागि निकै फाइदाजनक हुन्छ। हाइड्रोजन फ्युल सेल निकै एफिसिएन्ट हुन्छ र पेट्रोल इन्जिन भन्दा बढी ऊर्जा पैदा गर्छ । साथै बाइकले तीव्र गतिमा स्पिड लिन सक्छ ।

हाइड्रोजनको उत्पादन महँगो प्रक्रिया हुन्छ । साथै हाइड्रोजन भण्डारण गर्न गाह्रो पनि छ किनभने यो अत्यन्त हल्का र अत्यधिक प्रतिक्रियाशील तत्व हो । हालको समयमा कम मात्रामा हाइड्रोजन इन्धन रिफिलिङ स्टेशन रहेको छ ।

सम्बन्धित समाचारहरू

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

ट्रायम्फ स्क्र्याम्बलर ४०० को मूल्यमा वृद्धि, अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध ट्रायम्फ ब्रान्डका दुई मोडल मध्ये एउटा...

भव्य रुपमा सार्वजनिक गरियो सीएफमोटो ४५० सीएलसी, प्रिमियम मिड–वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम

भव्य रुपमा सार्वजनिक गरियो सीएफमोटो ४५० सीएलसी, प्रिमियम मिड–वेट मोटरसाइकल सेग्मेन्टमा नयाँ आयाम

काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...

अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने

अटो शोमा दुई नयाँ ब्राण्डका मोटरसाइकल लन्च हुने

काठमाडौं– ४ दिनपछि सुरु हुने नडा अटो शोमा यसपटक दुई नयाँ ब्राण्डका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...