अपडेट भएर आयो बीवाईडी सिगल, नेपालामा प्रतिक्षा

काठमाडौं– बीवाइडीले आफ्नो विद्युतिय ह्याचब्याक कार सिगललाई अपडेट गरेर ल्याएको छ । कम्पनीले सिगल २०२५ मोडललाई दुईवटा ब्याट्री अप्सन दिएर चीनमा लन्च गरेको हो ।

बीवाइडीको ई–प्लेटफर्म ३.० मा बनेको सिगलमा केही फिचरमात्र परिमार्जन गरिएको छ । कारमा पहिलोपटक इलेक्ट्रिक एड्जस्टेवल ड्राइभर सिट दिइएको छ । साथै करल अप्सनसमेत थप गरिएको छ ।

३ वटा भेरिएन्टमा उपलब्ध नयाँ सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको ब्याट्री प्याकमा जाडन गरिएको छ । जसलाई एकपटक फुल चार्ज गर्दा ३०५ र ४०५ किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ । कारमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिइएको छ भने यसले डिसी फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

सो नयाँ कारको इन्टेरियरमा १०.१ इन्चको रेटेवल इन्फोटेन्मेन्ट सिस्टम र ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर राखिएको छ । साथै यसमा ओटीए अपडेट, चारवटा स्पीकर, भ्वाइस इन्ट्रिगेसन, इन–कार वाईफाई, फोरजी नेटवर्क र किलेस इन्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ ।

अपडेटेड सिगललाई बीवाईडीले यसअघिको पुरानै मूल्यमा बिक्री गर्ने योजना बनाएको छ । चीनमा यसको मूल्य ९ हजार ७०० देखि १२ हजार अमेरिकी डलरसम्म निर्धारण गरिएको छ ।

सिगल नेपाली बजासमा समेत निकै प्रतिक्षा गरिएको ह्याचब्याक कार हो । सस्तो मूल्यमा आउने अपेक्षा सहित अहिले पनि धेरै नेपाली ईभी पारखीले यसलाई प्रतिक्षा गर्दै आएका छन् । वहुप्रतिक्षित भएपनि यो कार नेपाल ल्याउने विषयमा आधिकारिक वितरक साइमेक्स इंकले हालसम्म कुनै जानकारी बाहिर ल्याएको छैन

सम्बन्धित समाचारहरू

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बेइजिङ अटो शोमा ग्लोबल डेब्यु गर्दै बीवाईडी शार्क पिकअप

बीवाईडीको नयाँ पिकअप ट्रकको नाम शार्क हुने र आगामी अप्रिल २५ देखि शुरु हुने...

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

एक्सचेन्जमा जोड दिदै ईभी बिक्रेता, धमाधम पुराना गाडीसँग नयाँ इलेक्ट्रिक गाडी साटिदै

नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा धमाधम भित्रिरहेका छन् । यसबाट नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...