हुन्डाई फेस्टिभ डिलाइट २०८० योजनाका विजेता गुरागाईले पाए एक्सटर गाडी

काठमाडौं – हुन्डाई फेस्टिभ डिलाइट २०८० अफरका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तथा तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ का विजेतालाई पुरस्कार हस्तान्तरण गरेको हो ।

उक्त अफरका विजेता सुनसरीका इन्द्र प्रसाद गुरागाई, कुपन नम्बर ५३ लाई लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिले हुन्डाईको नक्सालस्थित शोरुममा आयोजित एक कार्यक्रममा सो गाडी हस्तान्तरण गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त अफर अन्तर्गत हरेक नयााँ हुन्डाई गाडीको खरिदमा ग्राहकले छ लाख रुपैयाँसम्मको नगद छुट र एक वर्षको लागि निःशुल्क बिमा तथा सडक कर तथा स्क्र्याच कार्डमार्फत थप एक लाखसम्मको नगद छुट र बम्परमा एक जना विजेताले हुन्डाई एक्सटर गाडी जित्ने मौका थियो ।

सो अफरको विजेता घोषणा हुन्डाई नेपालको फेसबुकबाट लक्की ड्रमार्फत गत असार ३१ गते ११ बजे गरिएको थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखेर हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

२०२४ हुन्डाई अल्काजार लन्च, यस्तो छ विशेषता

२०२४ हुन्डाई अल्काजार लन्च, यस्तो छ विशेषता

हुन्डाई इन्डियाले २०२४ हुन्डाई अल्काजार भारतमा लन्च गरेको छ । कम्पनीले...

नयाँ लुक र शक्तिशाली पावरट्रेनसहित २०२६ हुन्डाई प्यालिसेड सार्वजनिक

नयाँ लुक र शक्तिशाली पावरट्रेनसहित २०२६ हुन्डाई प्यालिसेड सार्वजनिक

हुन्डाई मोटर कम्पनीले न्युयोर्क अटो शोमा आफ्नो दोस्रो पुस्ताको २०२६...

आयो हुन्डाई प्यालिसेडको दोस्रो जेनेरेशन, यस्तो छ विशेषता

आयो हुन्डाई प्यालिसेडको दोस्रो जेनेरेशन, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो फ्ल्यागशिप एसयूभी पालिसेडको दोस्रो जेनेरेशन सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...