तीन नयाँ कुपे एसयूभी लन्च गर्दै तीन कम्पनी
भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च...
सिट्रोनले आफ्नो ५औं कार बसाल्ट कुपे एसयूभी भारतमा लन्च गर्ने भएको छ । कम्पनीले सो एसयूभी अगस्ट २ मा सार्वजनिक गर्नेछ । बसाल्टको शीर्ष भेरिएन्टमा केहि विशेष हुनेछ। बसाल्ट सी३ एयरक्रस भन्दा माथि हुनेछ। त्यसैले यसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछ ।
सिट्रोनले बसाल्टको टिजर पनि सार्वजनिक गरेको छ । टिजरमा पछाडिको झ्याल सञ्चालन गर्ने बटन ढोकामा राखिएको छ, जसले चालकका लागि बढी सुविधाजनक हुनेछ । सी एयरक्रसमा सो बटन ह्यान्डब्रेकको रियर र फ्रन्ट सेन्टर कन्सोलमा अवस्थित छ ।
लन्चको समयमा बसाल्टमा सनरुफ समावेश हुने छैन । यद्यपि भविष्यमा यसको सम्भावना बढी छ । सिट्रोन बसाल्टको टप भेरिएन्टमा इलेक्ट्रिकली एडजस्टेबल र रिट्रेक्टेबल ओआरभीएम समावेश छ । सी३ एयरक्रसमा ओआरभीएम म्यानुअल रूपमा सञ्चालन गर्नुपर्छ ।
सिट्रोन बसाल्टमा १.२ लिटर टर्बो पेट्रोल इन्जिनको मात्र विकल्प हुनेछ, जसले ११० एचपीको पावर र २०५ एनएम टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पमा ६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक समावेश छ ।
सिट्रोन बसाल्टको मूल्य करिब ११ लाखदेखि १२ लाख भारुसम्म हुने अनुमान गरिएको छ । टाटा कर्भ बाहेक बसाल्ट कुपे एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा हाइराइडर, होन्डा एलिभेट, स्कोडा कुशाक र फक्सवागन टाइगुन लगायत अन्य कम्प्याक्ट एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।
भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च...
काठमाडौं – नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले...
काठमाडौं – केही दिन पहिले देखि बुकिङ शुरु गरिएको सिट्रोनको इलेक्ट्रिक कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...