यामाहा आरएक्स१०० किन बन्द भयो, यस्तो छ लोकप्रियताका कारण

यामाहा आरएक्स१०० सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो । यामाहाले सो १०० सीसी बाइक बेच्न बन्द गरेको वर्षौं भइसक्यो तर अहिलेसम्म पनि यसको क्रेज घटेको छैन ।

आरएक्स१०० को डिजाइन निकै आकर्षक थियो । यसको स्लिम बडी, सानो ट्याङ्की र लामो सिटले यसलाई अन्य मोटरसाइकलभन्दा फरक बनाएको छ । सो बाइक धेरै स्टाइलिश र स्पोर्टी देखिन्थ्यो र ड्राइभ गर्न पनि धेरै सजिलो थियो ।

आरएक्स१०० मा ९८ सीसीको टु स्ट्रोक इन्जिनले सुसज्जित थियो । सो इन्जिन निकै शक्तिशाली थियो र यसको एक्सेलरेसनको कारणले पनि सो बाइक निकै लोकप्रिय थियो । सो बाइकले प्रतिलिटर ४५–५० किलोमिटर माइलेज दिन्थ्यो, जसको कारण ८० र ९० को दशकमा आरएक्स१०० बाइक सस्तो विकल्प थियो ।

यामाहा आरएक्स१०० को मर्मत सम्भार पनि कम गर्नु पर्थ्यो । यसको स्पेयर पार्ट्स सजिलै उपलब्ध हुन्थ्यो र सर्भिसिङ लागत पनि कम थियो । सो बाइक स्ट्याटस सिम्बल भए तापनि भारतमा प्रदूषण मापदण्डमा भएको कडाईका कारण बाइकले सो मापदण्ड पूरा गर्न सकेन । त्यसपछि यामाहाले आफ्ना नयाँ मोडलमा ध्यान दिने निर्णय गर्‍यो र आरएक्स१०० को उत्पादन रोकियो ।

सम्बन्धित समाचारहरू

यस्तो छ यामाहा स्कुटरको मूल्य सूची : सीसी तथा डिस्क र ड्रम ब्रेक अनुसार मूल्य फरक

यस्तो छ यामाहा स्कुटरको मूल्य सूची : सीसी तथा डिस्क र ड्रम ब्रेक अनुसार मूल्य फरक

नेपाली बजारमा यामाहाका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर उपलब्ध छन् ।...

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

६० किलोमिटर माइलेज दिने नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

काठमाडौं–यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा...

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...