प्रतिस्पर्धीले मूल्य बढाएपछि रोयल इन्फिल्डलाई झनै सजिलो, उही सेग्मेन्ट तर मूल्यमा लाखौ फरक
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
कावासाकीले हाइड्रोजन पावरबाट चल्ने पहिलो मोटरसाइकल सार्वजनिक गरेको छ । इन्टरनल कम्बसन इन्जिन भएको सो मोटरसाइकल कम्पनीले जापानको सुजुका सिटीमा अवस्थित सुजुका सर्किटमा प्रदर्शन गरेको हो । सन् २०२३ को मार्च देखि भइरहेको अनुसन्धानको नतिजा स्वरुप सो मोटरसाइकल विकास भएको हो ।
सो बाइकमा ९९८ सीसी इनलाइन फोर सिलिन्डर सुपरचार्ज्ड इन्जिन छ, जसलाई सिलिन्डरमा सिधै हाइड्रोजन इन्जेक्ट हुने गरी मोडिफाई गरिएको छ । एक्जस्टबाट पानी र आद्र्रतायुक्त हावा निस्किने गरी यसको डिजाइन गरिएको छ ।
कावासाकीका अनुसार पेट्रोल भन्दा हाइड्रोजन छिटो र फराकिलो तापक्रममा बल्छ ।
कम्पनीले बाइकको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । यद्यपि यसको एच२ एसएक्स मोपडलले २१० एचपी पावर र १३७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ ।
हाल प्रोटोटाइप सार्वजनिक गरिएको र सन् २०३० सम्ममा यो बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...
काठमाडौँ – नेपालका लागि होण्डा मोटरबाइकको आधिकारीक बिक्रेता स्याकार...
तुलसीपुर (दाङ) । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...