सीतापाइलामा खुल्यो सेनाको पेट्रोल पम्प

काठमाडौँ - राजधानीको सीतापाइलामा नेपाली सेनाले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।  सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा रिपुमर्दिनी पेट्रोल स्टेसन सञ्चालनमा ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त पेट्रोल पम्पको प्रधान सेनापति प्रभुराम शर्माले समुद्घाटन गरे । 

५० हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त पेट्रोल पम्प सर्वसाधारणले समेत उपभोग गर्न पाउने सेनाले जनाएको छ ।  सेनाको यसअघि नै काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।

यसैबिच शुक्रबार नै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहको समेत समुद्घाटन गरेका छन् ।

सम्बन्धित समाचारहरू

भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात हुँदै

भारतबाट पाइपलाइनमार्फत पेट्रोल आयात हुँदै

पर्सा – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनामा...

निगमको आग्रह: ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

निगमको आग्रह: ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।...

सात महिनामा साढे एघार अर्ब पेट्रोलियम पदार्थ आयात

सात महिनामा साढे एघार अर्ब पेट्रोलियम पदार्थ आयात

झापा–चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...