हुलास फिनसर्भले साधारण सेयर निकाल्ने
काठमाडौँ – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक...
काठमाडौं– नेपाल राष्ट्र बैंकले भोली चालु आर्थिक वर्षको मौद्रिक निती सार्बजनिक गर्ने भएको छ । मौद्रिक नितीलाई समग्र व्यवसायी र उद्यमीहरुले चासोका साथ प्रतिक्षा गर्दै आएका छन् । यसपटक आउने मौद्रिक नितीले अटोमोबाइल व्यवसायमा देखिएका विद्यामान समस्यालाई समाधान गर्ने व्यवसायीको अपेक्षा छ ।
अटोमोबाइल व्यवसायमा देखिएका विद्यामान समस्याहरु राष्ट्र बैंकको नितिसंग जोडिएका कारण व्यवसायीले यसको उचित समधान गर्न पटक पटक गभर्नर र अर्थमन्त्रिलाई भेटेर आग्रह समेत गर्दै आएका छन् । व्यवसायीसंगको भेटमा गभर्नर र अर्थमन्त्रिले समस्याको समधान गर्ने वचन दिएका कारण यसपटक केही लचिलो निती आउने अपेक्षा गर्न सकिन्छ ।
व्यवसायीका अनुसार अटो बजार चलायमान वन्न नसक्नुका पछाडी ५० प्रतिशतको ‘लोन टु भ्यालू रेसियो’ प्रमुख कारण हो । जसका कारण पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैकबाट हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालू रेसियोमा हाल लागु हुँदै आएको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत पु¥याउनु पर्ने माग उनीहरुले राख्दै आएका छन् । ईभीमा यो रेसियो ८० प्रतिशत छ ।
कालो सुचिमा रहेको ब्यक्ती फर्मलाई कर चुक्ता तथा नबिकरण गर्न रोक लगाईनु पर्ने र यसका लागि बैंकले कालो सुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालो सुचिमा राख्ने ब्यवस्था गर्नु पर्ने उनीहरुको अर्को माग छ । यसैगरी, चालुपुँजी कर्जा मार्ग दर्शनलाई कार्यन्वयनमा ल्याउने विषयमा देखिएको अन्योलता समेत समधान गर्नुपर्ने व्यवसायीले माग राख्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने, घर परिवारको आम्दानीलाई आधार मानेर अटो लोन चुक्तागर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने लगायत माग उनीहरुको छ ।
काठमाडौँ – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा प्राथमिक...
काठमाडौं– ग्लोवल आईएमई बैंकले अटो लोन अफर ल्याएको छ । सो अफर अन्तर्गत फ्यूल...
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो नाममा दर्ता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...