बाइक अचानक रोक्नु परेमा पहिले ब्रेक थिच्ने कि क्लच ?

अधिकांश मानिसहरू यात्रा र अफिस जानको लागि दैनिक बाइक प्रयोग गर्छन् । बाइकबाट यात्रा किफायती हुन्छ र ट्राफिकमा फस्नबाट बच्न पनि मद्दत गर्छ । तर, वर्षौँसम्म बाइक चलाएर पनि कतिपय मानिसहरू केही कुरामा अलमलमा परेको हुन्छ । जस्तै बाइक रोक्नु परेमा कसरी ब्रेक लगाउने, कहिले क्लच थिच्ने वा कुन ब्रेक र क्लच पहिले थिच्ने जस्ता कुराहरूमा । यी कुरामा ध्यान नदिँदा दुर्घटनाको जोखिम बढ्न सक्छ । विभिन्न परिस्थिति अनुसार बाइकको ब्रेक र क्लच कसरी प्रयोग गर्ने भनेर बुझ्नु जरुरी छ ।

पहिलो अवस्थामा
बाइक चलाउँदा एक्कासि ब्रेक लगाउनु परेमा क्लच र ब्रेक एकैसाथ थिच्न सकिन्छ । आपत्कालीन अवस्थामा, क्लच र ब्रेक सँगै प्रयोग गरिन्छ । यो बाइकको कुनै पनि मेकानिकल भागलाई नोक्सान नगरी ब्रेक लगाउने उत्तम तरिका हो । तर, अचानक ब्रेक लाग्ने जस्ता अवस्थामा पनि सावधानी अपनाउनुपर्छ ।

दोस्रो अवस्थामा
यदि बाइक तीव्र गतिमा छ र अचानक बाइक रोक्न वा स्लो गर्नु परेमा पहिले ब्रेक लगाउनु उचित हुन्छ । त्यसपछि बाइकको क्लच थिचेर तल्लो गियरमा सिफ्ट गर्नुपर्छ। यस्तो गरिएन भने बाइक बन्द हुन्छ ।

तेस्रो अवस्थामा
सामान्य गतिमा बाइक चलाउँदा केही समयको लागि बाइक स्लो गर्नु परेमा थोरै ब्रेक लगाउँदा पनि हुन्छ । यसको लागि क्लच थिच्नु पर्दैन । यो अवस्था विशेष गरी केही सानातिना अवरोध पार गर्नु पर्दा आएको हुन्छ ।

चौथो अवस्थामा
बाइक कम स्पिडमा छ र ब्रेक लगाउनु परेमा पहिले क्लच थिच्नु पर्छ र त्यसपछि ब्रेक थिच्नु पर्छ । किनभने यस्तो अवस्‍थामा पहिले ब्रेक लगाएमा बाइक रोकिने सम्भावना हुन्छ । पहिलो वा दोस्रो गियरमा जाँदा यो गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

देशभर फागुनसम्म २ सय ४८ किलोमिटर सडक कालोपत्रे

देशभर फागुनसम्म २ सय ४८ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९र ०८० को फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर...

बुटवल–नारायणघाट सडक वर्षा सुरु हुनुअघि सम्पन्न गर्न मन्त्रीको निर्देशन

बुटवल–नारायणघाट सडक वर्षा सुरु हुनुअघि सम्पन्न गर्न मन्त्रीको निर्देशन

काठमाडौं–भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चौलागाईंले...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...