यस्तो छ ट्रकको पछाडि ‘हर्न ओके प्लिज’ लेख्नुको रहस्य

लामो समयदेखि ट्रकको पछाडि विभिन्न किसिमका कविता र नारा लेख्ने चलन छ । तर, यी मध्ये सबैभन्दा लोकप्रिय "हर्न ओके प्लिज" हो जुन सानादेखि ठुला सबै प्रकारका ट्रकहरूको पछाडि देखिन्छ । यो लाइन यति चर्चित छ कि यसमा बलिउड फिल्म पनि बनेको छ ।

ट्रकको पछाडि "हर्न ओके प्लिज" लेख्नुको धेरै अर्थहरू होला तर सामान्य अर्थमा भन्नु पर्दा ओभरटेक गर्नुअघि हर्न बजाएर चेतावनी दिनु हो । ट्रक ठुला र भारी हुने भएकाले त्यसलाई छिटो घुमाउन गाह्रो हुन्छ। यस्तो अवस्थामा पछाडिबाट आउँदै गरेको गाडीले अगाडिबाट गुडिरहेको ट्रकलाई ओभरटेक गर्नु परेमा ट्रकलाई हर्न बजाएपछि पछाडिबाट आइरहेको गाडीले ओभरटेक गर्न चाहेको जानकारी चालकलाई हुन्छ र ट्रक चालकले उक्त गाडीलाई ओभरटेक गर्न दिन्छ ।

"हर्न ओके प्लिज" मा "ओके" लेख्नुको धेरै कारण छ । जसको एउटा कारण दोस्रो विश्वयुद्धको समयमा डिजेलको चरम अभाव थियो । जसको कारण ट्रक मट्टितेलमा चलाइन्थ्यो र पछाडिको कन्टेनरमा पनि मट्टितेल राखिएको हुन्थ्यो जुन निकै ज्वलनशील थियो । त्यसैले पछाडिबाट आउने सवारीसाधनलाई सचेत गराउन ट्रकको पछाडि ओके अर्थात् मट्टितेल लेखिएको हुन्छ ।

यसको अर्को कारण पुरानो समयमा अधिकांश सडक साँघुरो हुने भएकाले सवारीसाधनलाई एक अर्कालाई ओभरटेक गर्न निकै कम ठाउँ हुन्थ्यो । जसका कारण दुर्घटनाको जोखिम पनि हुन्थ्यो । यस्तो अवस्थामा पछाडिको गाडीले ओभरटेक गर्नु परेमा संकेतको रूपमा हर्न बजाउन भन्नका लागि ठुला ट्रकको पछाडि "हर्न ओके प्लिज" लेखिएको हुन्थ्यो र ओकेको माथि एउटा बल्ब पनि हुन्थ्यो । अगाडीको ट्रक चालकले पनि आफ्नो पछाडिको गाडीलाई ओभरटेक गर्न संकेत गर्दै त्यस बल्बलाई जलाउने गर्दथे, जसले गर्दा पछाडिबाट ओभरटेक गर्न सहज हुन्थ्यो ।

सम्बन्धित समाचारहरू

करका संरचनाहरूको पुनरावलोकन गरिने

करका संरचनाहरूको पुनरावलोकन गरिने

काठमाडौं – सरकारले करका संरचनाहरूको पुनरावलोकन गर्ने भएको छ । संघीय...

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल...

काठमाडौँ महानगरपालिकाको प्राथमिकतमा फुटपाथ र पार्किङ व्यवस्थापन

काठमाडौँ महानगरपालिकाको प्राथमिकतमा फुटपाथ र पार्किङ व्यवस्थापन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले फुटपाथ र पार्किङ व्यवस्थापनलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...