प्रोटोन ईमास ५ सार्वजनिक, दुई भेरिएन्टमा उपलब्ध गाडीको मूल्य र फिचर यस्तो
मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली...
चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट सञ्चालनका लागि टर्किस सरकारसँग सम्झौता गरेको छ । एक अर्ब डलर लगानी हुने सो प्लान्टबाट वार्षिक रुपमा १ लाख ५० हजार सवारी साधन उत्पादन हुु्नेछ ।
टर्कीका उद्योग तथा प्रविधि मन्त्री मेहमत फतिह कासिरले टर्कीका राष्ट्रपति तायिप इर्डोगान र बीवाईडी चिफ एक्जिक्युटिभ वाङ चुवान्फुले यस सम्बन्धी सम्झौताको अवसरमा गरेको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।
सो प्लान्टबाट सन् २०२६ को अन्त्य देखि उत्पादन प्रारम्भ गरिने र ५ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने उनले उल्लेख गरेका छन् ।
गत साता देखि युरोपेली युनियनले चाइनिज कारमा लाग्ने कर बढाएको छ । टर्कीमा ईभी उत्पादन पश्चात सो क्षेत्रमा बीवाईडीलाई केही सहज हुने अपेक्षा गरिएको छ ।
बीवाईडीले पहिलो युरोपियन फ्याक्ट्री हंगेरीमा स्थापना गर्ने घोषणा पहिले नै गरिसकेको छ । त्यसैगरी केही दिन पहिले थाइल्याण्ड र उज्वेकिस्तानमा प्लान्ट र फ्याक्ट्री सञ्चालनमा आइसकेको छ भने ब्राजिलमा पहिलेको फोर्ड फेयाक्ट्री लिएको छ भने प्लान्ट स्थापनाका लागि मेक्सिकोमा समेत अध्ययन गरिरहेको छ ।
बीवाईडी पछिल्लो समयमा विश्वमै सबैभन्दा चर्चामा रहेको इलेक्ट्रिक कार कम्पनी बनेको छ ।
मलेसियाली कार निर्माता कम्पनी प्रोटोनले विद्युतीय कार ‘ईमास ५’ मलेसियाली...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...
विश्व प्रसिद्ध कार निर्माता कम्पनी फेरारीले सन् २०२५ मा कम्पनीको पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...