पेट्रोल कारमा ४ ब्रान्डको नयाँ स्किम, ईभीमा जस्तै इन्धन बचत र सरल फाइनान्सको सुबिधा

काठमाडौं– बजारमा अहिले इलेक्ट्रिक कारले एकछत्र बजार लिइरहेको छ । ईभीको बढ्दो चर्चाले गुमनाम जस्तै बनेका पेट्रोल कार नयाँ र आकर्षक स्किम सहित बजारमा पुनरागमन गर्न पहल गर्दैछन् । यहि मेसोमा केही ब्रान्डले ग्राहक तान्न निकै आकर्षक स्किम समेत ल्याएको छन् । ईभी किनेकै फिल दिने गरी कम्पनीले आकर्षक अफर ल्याएका हुन् ।

बिक्रेता कम्पनीले ईभीमा जस्तै इन्धनमा खर्च हुने रकमलाई वचत गर्न सकिने र फाइनान्समा कम दरको ब्याजदरका साथै ८० प्रतिशतसम्म फाइनान्सको स्किम ल्याएका छन् । केही समयअघि फोर्डले १० वर्षसम्म निशुल्क पेट्रोल दिने स्किम लन्च गरेपछि निसान, हुन्डाई र सिट्रोनले पनि आफ्नो कार खरिद गर्ने ग्राहकलाई लक्षित गरी नयाँ स्किम ल्याएका हुन् ।

निसान ब्रान्डको किक्स र म्याग्नाइट एसयूभी खरिद गर्दा ग्राहकले ५ र ४ वर्षसम्म निशुल्क पेट्रोल पाउनेछन् । यसमार्फत ग्राहकले सो अवधी सम्मका लागि ‘फ्रि रनिङ कष्ट’ सहित महत्वपूर्ण बचतको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । निशान गाडी पायोनियोर मोटो कर्पले बिक्री गर्दै आएको छ । १६ वटा भेरिएन्टमा उपलब्ध म्याग्नाइटको मूल्य ३४ लाखदेखी ४८ लाख ८४ हजार रुपैयाँसम्म पर्छ भने किक्सको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ देखि प्रारम्भ हुन्छ ।

फ्रेन्च ब्रान्ड सिट्रोनको सी३ एसयूभी खरिद गर्दा ग्राहकले ईभीमा जस्तै ८० प्रतिशतसम्म फाइनान्स सुबिधा पाउने भएका छन् । सिट्रोन गाडीको बिक्रेता सांग्रिला मोटर्सले २० प्रतिशत डाउनपेमेन्टमै सी३ कार खरिद गर्न सकिने स्किम ल्याएको हो । एउटामात्रै भेरिएन्टमा उपलब्ध सी३ को मूल्य ३६ लाख ५० हजार निर्धारण गरिएको छ । जसअनुसार यो गाडी खरिद गर्दा ग्राहकले शुरुमा ७ लाख २० हजार भुक्तानी गरे पुग्छ ।

हुन्डाई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्वल भएको भेन्यू एसयूभीमा ६.९९ प्रतिशत ब्याजदरको स्किम ल्याएको छ । एकदमै सस्तो ब्याजदरको यो स्किमले ग्राहकलाई ईभी छाडेर भेन्यू एसयूभीमा आकर्षित गर्ने देखिन्छ ।

यसका साथै कम्पनीले १० वर्षको निशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टि समेत दिने जनाएको छ । नेपालमा बनेको भेन्यू एस र एसएक्स गरी जम्मा दुई भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य क्रमशः ४४ लाख ९६ हजार र ५३ लाख ५६ हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

यी हुन् सन् २०२३ देखि बजारमा उपलब्ध नभएका कार

अप्रिल २०२३ देखि भारतमा सवारीसाधनका लागि नयाँ उत्सर्जन मापदण्ड लागू भएको...

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

कम्प्याक्ट एसयूभीमा हुन्डाई क्रेटाको क्रेज कायमै, गत महिना विक्यो १५ हजार ७८६ यूनिट

काठमाडौं– हुन्डाई मोटर्सको सर्बाधिक सफल एसयूभी क्रेटा विगत लामो समयदेखी...

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने

काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...