वर्षा याममा ड्रम वा डिस्क ब्रेक कुन राम्रो ?

वर्षा याममा सडक दुर्घटना बढ्दै गएको छ । यो मौसमले विशेष गरी बाइकमा यात्रा गर्नेहरूको समस्या बढाएको छ । भिजेको बाटोमा ब्रेक लगाउन गाह्रो हुन्छ र चिप्लिने जोखिम पनि बढ्छ । वर्षामा बाइक चलाउँदा ड्रम ब्रेक वा डिस्क ब्रेकमा कुन राम्रो हुन्छ त ? जान्नुहोस्

बाइकमा २ प्रकारका ब्रेक उपलब्ध हुन्छ ड्रम र डिस्क ब्रेक । कतिपय मोटरसाइकलमा यी दुवै जडान गरिएको हुन्छ। जसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुन्छ, तर पावरफूल बाइकको दुवै पाङ्ग्रामा डिस्क ब्रेक हुन्छ ।

ड्रम ब्रेक र डिस्क ब्रेक दुवैको आफ्नै फाइदाहरू हुन्छन् । वर्षामा बाइकलाई चिप्लिनबाट जोगाउन डिस्क ब्रेक राम्रो मानिन्छ । यो ब्रेकले भिजेको र चिप्लो सडकमा ब्रेकिङ एरियाबाट पानी छिट्टै हटाउँछ, जसका कारण ब्रेक लगाउन कुनै समस्या हुँदैन र बाइकको टायर सडकमा चिप्लिँदैन । बाइकलाई छिट्टै रोक्नका लागि डिस्क ब्रेक बढी उपयोगी हुन्छ र यसले बाइकलाई सडकमा राम्रोसँग रोक्न मदत गर्छ ।

तर ड्रम ब्रेक वर्षामा टायर चिप्लिनबाट जोगाउनका लागि डिजाइन गरिएको हुँदैन । वर्षामा यसको परफर्मेन्स राम्रो हुँदैन । भिजेको बाटोमा अचानक ब्रेक लगाउनु पर्दा ड्रम ब्रेकले बाइक रोक्न बढी समय लाग्न सक्छ। जसका कारण मोटरसाइकल स्लिप र दुर्घटनाको जोखिम बढेको हुन्छ ।

डिस्क ब्रेक भएका बाइक ड्रम ब्रेक भएका बाइक भन्दा महँगो हुन्छ । वर्षा याममा सुरक्षित यात्रा गर्नका लागि डिस्क ब्रेक भएको बाइक छनोट गर्नु राम्रो हुन्छ ।

सम्बन्धित समाचारहरू

किन कारभित्र संगीत घरभन्दा राम्रो सुनिन्छ? वैज्ञानिक कारणले खुलायो रोचक रहस्य

किन कारभित्र संगीत घरभन्दा राम्रो सुनिन्छ? वैज्ञानिक कारणले खुलायो रोचक रहस्य

अहिले धेरै मानिसहरूमा एउटा समान अनुभव देखिन्छ, घरमा सामान्य लागेको गीत...

अब घरजस्तै आरामदायी क्याबिनसहित डीएएफका नयाँ इलेक्ट्रिक ट्रक

अब घरजस्तै आरामदायी क्याबिनसहित डीएएफका नयाँ इलेक्ट्रिक ट्रक

विश्वप्रसिद्ध ट्रक निर्माता डीएएफले दुई नयाँ इलेक्ट्रिक ट्रक एक्सजी र...

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

अनावश्यक पनि हुन सक्छन् कारमा भएका यी फिचर

आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...