लुयानको ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार

काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड एनले ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार गरेको छ ।

कम्पनीले ललितपुरको सातदोबाटो चोकमा र भक्तपुरको सुर्यविनायक चोकमा शोरुम विस्तार गरेको हो । हालका दिनहरुमा ती स्थानबाट लुयानका स्कुटरको माग बढेकाले ग्राहकहरुको सुविधाको लागि शोरुम विस्तार गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।

नयाँ शोरुम सँचालनको उपलक्ष्यमा कम्पनीले असार मसान्त सम्मको लागि हरेक स्कुटर खरिदमा १० हजारसम्मको नगद छुटको व्यवस्था गरेको छ । त्यसका साथै एउटा प्रिमियम हेलमेट तथा रेनकोट समेत निःशुल्क उपलब्ध गराउने भएको छ ।

चीनको प्रतिष्ठित ब्राण्ड हुनुको साथै विश्वका करिब ८० बढी मुलुकमा आफ्नो उत्पादन बिक्री गर्दै आएको लुयान ब्राण्डका स्कुटरहरु हाल नेपालमा पनि निक्कै रुचाइएको शर्माले बताए ।

उनका अनुसार गुणस्तरीय भइकन पनि अन्य प्रतिष्पर्धि ब्राण्डको तुलनामा मुल्य कम र बिक्रि पछिको सेवा राम्रो भएकाले पनि लुयानका स्कुटरको माग बढिरहेको छ । कम्पनीको काठमाण्डौंमा मात्र ९ ठाउँमा सर्भिस सेन्टर रहेको छ ।

लिक्विड कुल्ड मोटर भएको कारणले लुयानका स्कुटरको तान्ने क्षमता बढी हुने कम्पनीको दावी छ । लुयानका काठमाण्डौं उपत्यका बाहिर १३ स्थानमा नेटवर्क विस्तार भएको छ । नेपालका मुख्य शहरहरुमा यसका डिलर छन् ।

सम्बन्धित समाचारहरू

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान अब नेपालमा, सम्झौताका साथ डेलिभरीको सुरुवात

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान अब नेपालमा, सम्झौताका साथ डेलिभरीको सुरुवात

काठमाडौं – नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा...

म्यानुअल गियर भएको कार ड्राइभ गर्दा नगर्नुस् यस्ता गल्ती

म्यानुअल गियर भएको कार ड्राइभ गर्दा नगर्नुस् यस्ता गल्ती

अटोमेटिक कार अहिले लोकप्रिय भइसकेको छ । अटोमेटिक गियरका कारण बारम्बार...

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

टेस्ला आयतमा कर छुट दिने कदमबाट पछि हट्यो भारत

भारत सरकारले विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने कुनै प्रस्तावमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...