आज र भोलि राति नागढुंगा-नौबिसे सडकखण्ड बन्द रहने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

नागढुंगा- नौबिसे सडकखण्‍ड (त्रिभुवन) राजपथ अन्तर्गत नौबिसे खोला पुलको काम गर्नुपर्ने भन्दै दुई रात बन्द हुने भएको छ। 

जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पुलको ग्रिडर लन्चिङ गर्ने भएकाले बुधबार र बिहीबार राति बन्द रहनेछ। 

राति १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्ने डिएसपी मिश्रले जानकारी दिए। 

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रूपमा रोकिने जनाएको छ।

दुई पांग्रे तथा साना सवारी साधन प्रयोगकर्ताहरूले वैकल्पिक मार्गका रूपमा धार्के-सीतापाइला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...