उज्वेकिस्तानबाट पनि शुरु भयो बीवाईडीको उत्पादन, वार्षिक ३ लाख गाडी उत्पादन गर्ने योजना

काठमाडौं– बीवाईडीले उज्वेकिस्तानबाट समेत आफ्नो न्यू इनर्जी भेइकल उत्पादन शुरु गरेको छ । कम्पनीले उज्वेकिस्तानको सरकार नियन्त्रित अटोमोबाइल कम्पनी यूजेड मोटरसंग साझेदारी गरी गाडी उत्पादन थालेको हो ।

उज्वेकिस्तानको बीवाईडी प्लान्टले सुरुवाती चरणमा प्लग–इन–हाइब्रिड गाडीको उत्पादन थालेको छ भने निकट भविष्यमा प्योर इलेक्ट्रिक भेइकल समेत उत्पादन गर्ने जनाइएको छ । उक्त प्लान्टबाट हाल बीवाईडीका दुईवटा मोडल सङ प्ल्स डीएम–आई र डिस्ट्रोयर ०५ को च्याम्पियन एडिसन रोलआउट गरिएका हुन् ।

उक्त प्लान्टले पहिलो चरणमा ५० हजार गाडी उत्पादन गर्ने क्षमता राख्दछ, भने दोस्रो चरणमा अर्को ५० हजार हुँदै तेस्रो चरण पार गर्दा वार्षिक ३ लाख गाडी उत्पादन गर्न सक्ने जनाइएको छ । यो प्लान्टबाट उत्पादन कारले मध्य एसियाली राष्ट्रको माग धान्ने बीवाईडीको भनाई छ ।

न्यू इनर्जी भेइकल उत्पादनमा अग्रणी ब्राण्ड बनेको बीवाईडीले पछिल्लो समय आफ्नो उत्पादनलाई विश्वब्यापी बनाउन आक्रमक रणनिती अपनाएको छ । कम्पनीले हाल विश्वका बिभिन्न देशमा उत्पादन प्लान्ट विस्तार गरी आफ्नो उत्पादनलाई विश्वव्यापी बनाउँदै लगेको छ ।

सन् २००७ मा नै बीवाईडीले २०२५ भित्र विश्वको अग्रणी अटोमोबाइल उत्पादक बन्ने योजना बनाएको थियो । सोही योजना अनुसार अघि बढेको यो चिनियाँ ब्राण्ड अहिले विश्वमा सर्बाधिक बिक्री हुने न्यू इनर्जी भेइकल ब्राण्ड बनिसकेको छ ।

कम्पनीले सन् २०१७ मा नै अमेरिकामा २९० मिलियन डलर लगानी गरेर विद्युतिय वसको प्लान्ट स्थापना गरेको थियो भने थाइल्यान्डमा बार्षिक १ लाख ५० हजार कार उत्पादन क्षमता भएको प्लान्ट स्थापना गर्न गत बर्ष सम्झौता गरेको छ । थाइल्यान्डबाट उत्पादन हुने कारले दक्षिण पूर्बी एसियाली बजारको माग धान्ने उसको योजना छ ।

यसैगरी, दक्षिण अमेरिकाको बजारलाई मध्यनजर गर्दै कम्पनीले ब्राजिल र पश्चिम यूरोपको बजारमा प्रभाव जमाउन हंगेरिमा समेत प्लान्ट बिस्तार गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।

सम्बन्धित समाचारहरू

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको घोषणा : शुरुमा १ करोड र गाडी बिक्रीवापत १० हजार राखिने

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु...

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो...

एट्टो–३ र डल्फिनको बिक्री बढेसंगै बीवाईडीले थप्यो डिसी फास्ट चार्जरको संख्या

एट्टो–३ र डल्फिनको बिक्री बढेसंगै बीवाईडीले थप्यो डिसी फास्ट चार्जरको संख्या

काठमाडौं– नेपालमा बीवाईडी गाडीको बिक्री बढेसंगै आधिकारिक वितरक साइमेक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...