१६ दिनपछि सार्बजनिक हुँदै रोयल इन्फिल्डको नयाँ मोटरसाइकल

रोयल इन्फिल्डले १६ दिनपछि अर्थात जुलाई १७ मा नयाँ मोटरसाइकल गुरिल्ला ४५० सार्बजनिक गर्ने तयारी गरेको छ । यो बाइक बार्सिलोनामा एक कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ ।

रोयल ईनफिल्डको ४५० प्लेटफर्ममा आधारित नयाँ रोडस्टर मोटरसाइकलले ट्राइम्फ स्पीड ४०० सँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

गुरिल्ला ४५० शेर्पा ४५० इन्जिनबाट संचालित हुनेछ । यो ४५२ सीसी लिक्विड कूल्ड सिंगल सिलिन्डर युनिटले ३९ बीएचपी र ४० एनएम टर्क उत्पादन गर्छ । इन्जिन ६ स्पीड गियर बक्ससँग जोडिनेछ ।

डिजाइनको कुरा गर्नुपर्दा यो नयाँ मोटरसाइकलमा फराकिलो ह्यान्डलबारहरू सहितको अधिक अपराइट राइडिङ पोजिसन हुनेछ । बाइकमा गोलाकार एलईडी हेडल्याम्प र स्प्लिट ग्राब ह्यान्डल सहितको सिंगल–पीस सिट हुने अपेक्षा गरिएको छ ।

साथै, यसमा अपसाइड–डाउन शकको सट्टा सानो फ्रन्ट ह्वील र टेलिस्कोपिक फोर्क उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ

मुस्ताङमा हुने नेपाल राइडर्स मिटका लागि खुल्यो बुकिङ

काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल...

आकर्षक कलर स्किममा आउँदै २०२१ रोयल इन्फिल्ड क्लासिक ३५०, सेप्टेम्बर १ मा लन्च हुने

आकर्षक कलर स्किममा आउँदै २०२१ रोयल इन्फिल्ड क्लासिक ३५०, सेप्टेम्बर १ मा लन्च हुने

२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी...

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

आगामी मार्च ४ देखि ६ सम्म हेटौंडामा राइडर्स मिट हुने, यसरी गर्न सकिन्छ रजिष्ट्रेसन

काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको लागि आयोजना गरिने नेपाल राइडर्स मिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...