भारतमा ४३ प्रतिशत ग्राहक इलेक्ट्रिक टु–ह्विलर किन्न इच्छुक
काठमाडौं–भारतमा इलेक्ट्रिक टु–ह्विलरप्रतिको आकर्षण बढ्दै गएको छ ।...
काठमाडौं– रियालिटी शो कमेडी च्याम्पियनले तेस्रो सिजनका विजेतालाई इलेक्ट्रिक कार ‘नेटा भी’ पुरस्कार दिने भएको छ । निर्माता टिमले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएको हो ।
कमेडी च्याम्पियनले यसका लागि सीजी मोटर्ससँग सहकार्य गरेको हो । ३९ लाख रुपैयाँ मूल्य रहेको यो गाडीले एक पटकको चार्जमा ३५० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । कारमा ३८.५ किलोवाट आवरको ब्याट्री प्याक र ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । २ वर्षअघि सार्वजनिक भएको यो गाडी नेपालमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ ।
कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा सुयाशा खनाल, सुनिल खड्का र रिशव काफ्ले रहेका छन् । यी मध्ये एक जना विजेताले यो गाडी पाउनेछन् । आगामी असार १५ गते विजेताको नाम घोषणा गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...