अटो एक्सपो २०२५ मा यी ५ महत्वपूर्ण गाडी हुँदैछन् प्रदर्शन

नेपालमा नाडा अटो शो भदौमा चल्ने चर्चा चलिरहदा भारतमा आगामी फेब्रुअरीमा हुने अटो एक्सपोको चर्चा पनि चल्न शुरु भएको छ । यो अवस्थामा भारतमा पहिलो पटक प्रदर्शन हुने कारले समेत चर्चा पाउन थालेका छन् ।

अटो निर्माता कम्पनीहरूले २०२५ अटो एक्सपोमा आफ्ना नयाँ कारहरू प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। अटो एक्सपो कार निर्माण कम्पनीहरूका लागि नयाँ प्रोडक्टको कन्सेप्ट मोडेलहरू प्रदर्शन गर्ने मञ्च हो । आगामी अटो एक्स्पोमा इलेक्ट्रिक कार, कम्प्याक्ट एसयूभी र हाइब्रिड जस्ता कार सार्वजिनक हुनेछन् । २०२५ अटो एक्स्पोमा यी कम्पनीले आफ्नो नयाँ कार सार्वजनिक गर्नेछन् ।

हुन्डाई क्रेटा ईभी

हुन्डाई क्रेटा फेसलिफ्टको अत्याधिक सफलतापछि कम्पनीले यस एसयूभीको इलेक्ट्रिक भर्सन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सो इलेक्ट्रिक एसयूभी ४५ किलोवाट ब्याट्री प्याकले सुसज्जित हुनेछ, जसले एक पटक चार्ज गर्दा करिब ५०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ ।

मारुती सुजुकी ईभीएक्स

मारुती सुजुकीले २०२५ अटो एक्सपोमा आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स प्रदर्शन गर्न सक्ने सम्भावना छ । कम्पनीको सो इलेक्ट्रिक कार धेरै पटक परीक्षणको क्रममा देखिएको छ । सो इलेक्ट्रिक एसयूभीमा २ वटा ब्याट्री प्याक प्रयोग गरिने छ । कारको ४८ किलोवाट ब्याट्रीले ४०० किलोमिटर र ६० किलोवाट ब्याट्रीले ५५० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्न सक्छ ।

टाटा ह्यारियर ईभी

टाटा ह्यारियर ईभी २०२४ भारत मोबिलिटी ग्लोबल एक्सपोमा प्रदर्शन गरिएको थियो जुन २०२५ अटो एक्सपोमा लन्च गर्न सकिनेछ। आगामी इलेक्ट्रिक एसयूभीमा ६० किलोवाट ब्याट्री प्रयोग गर्न सकिन्छ, जसले एक पटक चार्ज गर्दा करिब ५०० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ ।

स्कोडा कम्प्याक्ट एसयूभी

कम्प्याक्ट एसयूभी सेगमेन्टमा स्कोडाले आफ्नो नयाँ एसयूभी २०२५ अटो एक्सपोमा लन्च गर्ने तयारी गरिरहेको छ । सो एसयूभीमा १.० लिटर टीएसआई इन्जिन प्रदान गरिनेछ, जसले अधिकतम ११५ बीएचपीको पावर र १७८ एनएमको टर्क जेनेरेट गर्न सक्षम हुनेछ ।

टोयोटा फर्च्युनर एमएचईभी

टोयोटा फर्च्युनरको माइल्ड हाइब्रिड इन्जिन भेरिएन्ट अर्को वर्ष हुने अटो एक्सपोमा लन्च गर्न सकिनेछ । सो एसयूभीमा २.८ लिटर डिजेल इन्जिन उपलब्ध गराइनेछ,  जसमा ४८ भी माइल्ड हाइब्रिड सिस्टम प्रयोग गर्न सकिन्छ। सो एसयूभीको इन्जिनले अधिकतम २०१ बीएचपी पावर र ५०० एनएमको पीक टर्क जेनेरेट गर्न सक्नेछ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शो २०२५ : चिनियाँ र अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिस्पर्धा तीव्र

सांघाई अटो शो २०२५ : चिनियाँ र अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिस्पर्धा तीव्र

चीनको सांघाईमा अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने वार्षिक अटो शो यसपटक...

भारत मोबिलिटी ग्लोबल एक्सपाेकाे तेस्रो एडिसन अब २०२७ मा, अर्को वर्ष आयोजना नहुने

भारत मोबिलिटी ग्लोबल एक्सपाेकाे तेस्रो एडिसन अब २०२७ मा, अर्को वर्ष आयोजना नहुने

भारतको सबैभन्दा ठूलो अटोमोबाइल र मोबिलिटी शो “भारत मोबिलिटी ग्लोबल...

बेइजिङ अटो शो २०२६ सुरु, उड्ने कारदेखि  भविष्यका सवारी प्रविधिको भव्य प्रदर्शन

बेइजिङ अटो शो २०२६ सुरु, उड्ने कारदेखि भविष्यका सवारी प्रविधिको भव्य प्रदर्शन

विश्वकै सबैभन्दा ठुलो अटो प्रदर्शनीमध्ये एक बेइजिङ अटो शो २०२६ सुरु भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...