यस्तो छ नेपालमै एसेम्वल भएर बिक्री सुरु भएको नयाँ स्पोर्टी स्कुटर, मूल्य ३ लाख ७५ हजार

काठमाडौं– नेपालमा पछिल्लो समय स्वदशमै सवारीसाधन एसेम्वल हुने ट्रेण्ड बढ्दो क्रममा छ । सोही क्रममा पछिल्लो समय बाइकर्स नेपालले नयाँ स्कुटर सिएक्स १५० लाई नेपालमै एसेम्वल गरी बिक्री सुरु गरेको हो । बाइकर्स नेपालले विगत लामो समयदेखी क्रस एक्स ब्राण्डमा विभिन्न मोडलका डर्ट बाइक एसेम्वल गरी बिक्री गर्दै आइरहेको छ ।

कम्पनीले ट्विन एलईडी प्रोजेक्टर हेडल्याम्प सहित यूनिक डिजाइनमा सिएक्स १५० लाई तयार पारेको छ । यसमा गोलाकार एलइडी डिआरएलएस, हेडल्याम्प सेटअपको माथि सामान राख्न मिल्ने क्यारियर होल्डर, एलइडी इन्डिकेटर, ब्ल्याक्ड आउट भाइजर, क्र्यास गार्ड र ह्यान्ड ब्लकर लगायत फिचर पाउन सकिन्छ ।

यो नयाँ स्कुटरमा १४९.६ सिसी क्षमताको एयर कुल्ड र बिएस६ इन्जिन जडान गरिएको छ । जसले १५.२ पिएस पावर र ११.२ एनएम टर्क जेनेरेट गर्दछ । स्कुटरको टप स्पिड ११५ किलोमिटर दावी गरिएएको छ भने यसले एक लिटर पेट्रोलको खपतमा ३५ किलोमिटर माइलेज दिन्छ ।

दुबै चक्कामा डिस्क ब्रेक राखिएको यो स्कुटरमा यूएसवी चार्जिङ पोर्ट, एलोई ह्विल्स र एल्मुनियम स्विंगआर्म लगायत विशेषता दिइएको छ । एउटामात्रै भेरिएन्टमा उपलब्ध यसको मूल्य ३ लाख ७५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमै एसेम्बल भयो क्रसएक्स २५० आर ईएफआई, मूल्य पहिले भन्दा ५० हजार कम

नेपालमै एसेम्बल भयो क्रसएक्स २५० आर ईएफआई, मूल्य पहिले भन्दा ५० हजार कम

काठमाडौं – क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । पहिले...

क्रसएक्सको अर्को नयाँ बाइक सीएक्स३००एक्स, डेलिभरीको अन्तिम चरणमा, मूल्य कति ?

क्रसएक्सको अर्को नयाँ बाइक सीएक्स३००एक्स, डेलिभरीको अन्तिम चरणमा, मूल्य कति ?

काठमाडौं – नेपालका लागि क्रसएक्स बाइकको आधिकारिक वितरक बाइकर्स नेपालले...

नयाँ फ्रेम र स्ट्राइकिङ अपग्रेडका साथ क्रसएक्स २५०आर उपलब्ध, अब डेलिभरीको तयारी

नयाँ फ्रेम र स्ट्राइकिङ अपग्रेडका साथ क्रसएक्स २५०आर उपलब्ध, अब डेलिभरीको तयारी

काठमाडौं – नेपालमा क्रसएक्स ब्रान्डको नयाँ मोटरसाइकल क्रसएक्स २५०आर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...