यस्तो हुनेछ बजाजको सीएनजी बाइक

बजाजको सीएनजी बाइकको वारेमा चर्चा चलिरहेको छ । आगामी जुन मा लन्च हुने घोषणा गरिएको सो बाइकको पहिलो टिजरले यसको केही झलक दिएको छ ।

बजाजले सायद यसको नाम ब्रुजर राख्न सक्ने अनुमान गरिएको छ । भारतमा मिडियाका लागि गरिएको निमन्त्रणामा यसको झलक प्रस्तुत गरिएको छ । हामीले अन्य बाइकमा देख्ने गरेको रेगुलर साइजको फ्युल ट्यांक यसमा देखिदैन । यसमा ट्यांकका लागि सानो स्पेस मात्र छ ।

सो बाइक आगामी जुलाई ५ तारिखमा सार्वजनिक हुनेछ । मिडिया रिपोर्टका अनुसार बजाजको सीएनजी बाइकमा राउण्ड एलईडी हेडलाइट, गार्डसहितको ट्युबुलर ह्यान्डलबार, ठुलो फ्युल ट्याङ्की क्ल्याडिङ, ठुलो सिट र सिंगल-पीस ग्रयाबरेल र एलईडी टेललाइट हुनेछ।

साथै पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०-१२५ सीसीको बिचमा हुने सम्भावना छ र यसको प्रारम्भिक मूल्य लगभग ८० हजार भारु हुनेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...