मेड इन नेपाल हुन्डाई भेन्युमा आकर्षक अफर, ६.९९% ब्याजदर, १० वर्ष निःशुल्क सर्भिसिङ

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल गरेर बनेको ‘हुन्डाई भेन्यु’ का लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

६.९९ प्रतिशत व्याजदरमा फाइनान्स सेवा उपलब्ध गराउने, १० वर्षसम्म निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी लगायतका सुविधा उपलब्ध गराउने गरी कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफरबाट धेरै ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

जुनसुकै कम्पनी तथा मोडलका गाडीहरु एक्सचेन्ज गरी नयाँ हुन्डाई गाडी खरिद गर्न सकिनेछ । नेपालमै बनेको भेन्यु नेपाली ग्राहकले सहज रुपमा चढ्न सकुन् भन्ने उद्देश्यसहित आकर्षक अफर ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालमै प्लान्ट स्थापना गरी भेन्युको एसेम्बल गरी उत्पादन सुरु गरेको छ । ‘मेड नेपाल हुन्डाई भेन्यु’ हुन्डाईको देशभर रहेका शोरुममा बिक्री, बुकिङ तथा टेष्ट ड्राइभका लागि उपलब्ध छन् । नेपालमै एसेम्बल भएको भेन्युप्रति ग्राहकको चासो तथा आकर्षण छोटो समयमै बढेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा नेपालमा भेन्यु एसेम्बल गरेको कम्पनीले छिट्टै ग्रान्ड आइटेन र क्रेटा पनि एसेम्बल गर्ने तयारी गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

ग्रान्ड आई१० नियोस अव कर्पोरेट एडिसनमा पनि, यस्तो छ विशेषता

कोरियन अटो निर्माता हुन्डाई मोटर्सले आज आफ्नो लोकप्रिय ह्याचव्याक कार...

नयाँ भेन्युमा केही समय सयर गर्दा…….(टेस्ट ड्राइभ अनुभव)

नयाँ भेन्युमा केही समय सयर गर्दा…….(टेस्ट ड्राइभ अनुभव)

हुन्डाईको सव कम्प्याक्ट एसयूभी भेन्यु नयाँ डिजाइनका साथ नेपाल आएको छ ।...

औपचारिक रुपमा सार्वजनिक भयो मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य, बिक्री–वितरण शुरु

औपचारिक रुपमा सार्वजनिक भयो मेड इन नेपाल हुन्डाई भेन्युको मूल्य, बिक्री–वितरण शुरु

काठमाडौं – नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...